हास्य कलाकार सागर लम्साल बलेको डबल रोल रहेको ‘आएन चाइनाको रेल’ चर्चामा

सागर लम्साल बले र ट्विन्स दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको हो । ‘आएन चाइनाको रेल’ बोलको गीतको म्युजिक भिडियो सागरको अफिसीयल युट्युब च्यानल बले एन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको हो । हेर्नुहोस् भिडियो :

बलेले आफ्नै लगानीमा भिडियोको निर्माण गरेको हुन् । गीतमा आवाज हरि गिरी र बबिना किरातीको हो । गम्भीर विष्टको निर्देशन रहेको भिडियोको गीत रचना र संगीत गायक हरि गिरी’ बिमर्शी’ को रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । गीतमा कृष्ण भान्जाको संगीत संयोजन सुकुराम रसाइलीको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सुबोल थापाको कोरियोग्राफी छ । बले र ट्विन्स दिदी बहिनी प्रिज्मा प्रिन्सीको अन्तरवार्ता हेर्नुहोस् :