रचनालाई वसन्तले भागुम मायालु भनेपछि भयो हंगामा, टिकटक देखि युटुवसम्म हिट वन्यो ‘भागुम मायालु’

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा युवा लोक तथा दोहोरी गायक वसन्त विश्वकर्माले नयाँ गीत भागुम मायालु सार्वजनिक गरेका छन् । गीतले यूट्यूबमा राम्रो भ्यूअर्स प्राप्त गर्दै गईरहेको छ ।

तनहुँका सर्जक तथा गायक वसन्तले सार्वजनिक गरेको गीत ‘भागुम मायालु’ मा एक प्रेम जोडीको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । जसमा प्रेमी, प्रेमिकाबीच भईरहेका सामाजिक र पारिवारिक बन्धनका गन्थनहरुलाई प्रस्तुत गरिएको छ ।

समसामयिक विषयवस्तुलाई जोडेर तयार गरिएको प्रस्तुत गीतमा बसन्त विश्वकर्मा र चर्चित गायिका रचना रिमालको आवाज रहेको छ । बसन्तकै शब्द तथा लय सिर्जना रहेको गीतको एरेन्ज कृष्ण वि.क. ‘भान्जा’ले गरेका हुन ।

त्यस्तै गीतको भिडियोमा सुनिसा बजगाई र दिप सागरले अभिनय गरेका छन् । बसन्त विश्वकर्माले नै निर्देशन गरेको भिडियोलाई करन चैसिरले खिचेका हुन । गीत वसन्त विश्वकर्माको आफ्नै अफिसिएल यूटुव च्यानलबाट बजारमा आएको छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :