समिक्षा अधिकारी र मेक्सम खाती को आवाजमा समसामयिक गित ‘नाटकै हो’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेकी चर्चित गायिका समिक्षा अधिकारी र मेक्सम खाती क्षेत्रिले आवाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत नाटकै हो बजारमा आएको छ।गीतमा नरेश खाती क्षेत्रिको उत्कृष्ट शब्द तथा संगीत रहेको छ । नाटकै हो गीत भर्खरै बजारमा आएको छ ।

यो समय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड बिचको जुहारीमा प्रयोग भएको शब्द हो नाटकै हो र नौटंकी नै हो।जसरी यो शब्द प्रयोग भएको छ सोहि अनुसारको कथा गीतमा छ कि छैन भन्ने प्रश्न उठ्न सक्छ |

गीतको भिडियोमा मेक्सम खाती क्षेत्रि र गरिमा शर्माको जीवन्त अभिनय रहेको छ , शिशिर खातीले सो गीतमा निर्देशन गरेका छन् । भिडियोका छायाँकार संकल भुजेल हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

गीत ,मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा आएको छ।प्रेम कहानीमा जोडिएको गीतमा भित्री प्रेम कथा मात्रै हैन प्रेम भित्र झुट बोल्ने कुराहरुलाई बिशेष जोड दिएको छ , गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :