हकमेन्ट हाइब्रेट क्लिन प्रबिधीबाट नेपालमै पहिलो पटक झापामा अत्याधुनिक स्वचालित इटा उधोग खुल्दै

१६ माघ, झापा

झापाको कमल गाउँपालिका १ रतनचौनमा आधुनिक जर्मन प्रविधिको ‘हकमेन्ट हाईब्रेट क्लिन’ अत्याधुनिक ईटा उद्योग खुल्ने भएको छ। उद्योग सञ्चालक गुणराज थापाका अनुसार नेपालमा यो प्रविधिको उद्योग पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो।

यसका लागि बंगलादेशबाट प्राविधिक टोलि आउने तयारी भइरहेको सञ्चालक थापाले बताए। मेशीनले नै काट्ने, टनेलमा पोल्ने र ड्रायरले सुकाएर बनाइने यो ईटा परम्परागत ईटा उद्योगभन्दा वातावरणमैत्री हुने उनले बताए। उनी भन्छ्न यो इटाभटा नभएर इटा उधोग हो , जसमा उत्पादनका सम्पूर्ण प्रकृयाहरु बिलकुल फरक प्रबिधीयुक्त र बाताबरण मैत्री हुनेछ ।

प्रबिधिको अत्याधिक प्रयोग हुने भएकोले कम जनशक्तिमै अधिकतम उत्पादन हुने भएकोले उत्पादन लागत न्यून हुनुका साथै ईटाको बिक्री मूल्य पनि सर्भ सुलभ हुने जनाइएको छ।यस उद्योगले उत्पादन सुरुगरे पश्चात् बजारमा अतिनै सरल मुल्यमा ग्राहकले स्थानिय उत्पादन प्रयोग गर्नसक्ने उद्योगि थापा बताउछन ।

यसले हाल बजारमा इटाको मुल्यमा भएको महँगि लाई पुर्णरुपमा कम गर्नुका साथै बजार मागलाई सहजै धान्न सक्ने गरि आपूर्ति दिनका लागि उधोगले ठूलो परिणामको उत्पादन गर्ने उनले बताए । अन्य इटाभटा हरुले वायु प्रदुषण गरेर वातावरण असन्तुलित बनाइरहेको अवस्थामा यो आधुनिक उद्योग भने बाताबरणिय दृस्ठिकोणले प्रभावकारी हुने संचालक थापा बताउछ्न ।

उद्योग सञ्चालन गर्दा स्थानीय युवाहरुलाई नै प्राथमिकता दिइने र उद्योगमा करिब ५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने उनको भनाइ थियो। अरु ईटा जस्तो पहिलो, दोस्रो र तेस्रो रुपमा बर्गीकरण नगरिएको हुनाले यो सत प्रतिशत पहिलो स्तरको मात्र उत्पादन हुने थापाले बताए ।

आधुनिक उद्योग सञ्चालन बन्ने भएपछि केही व्यक्तिहरुले पूर्वाग्राही रुपमा उद्योगको बारेमा बिस्तृत रुपमा अध्ययन नै नगरी नकारात्मक प्रचार बाजि गरेकोका उनले गुनासो ब्यक्त गरेका छ्न । सामान्य विरोध आएपनि नेपाल सरकारको सबै मापदण्ड अपनाएको हुनाले सबैले चाँडै नै यसको महत्व बुझ्ने मा आफू आसाबादी रहेको उनी बताउछ्न ।अबको २/३ महिनामै सबै कानुनी प्रकृया पूरा हुने र निर्माण कार्य सुचारु गरिने लक्ष्य अनुरुप आवस्यक प्रकृयाका लागि आफू लागेको उनिबताउछ्न । हाल सो स्थानमा सम्पर्क उधोगको सम्पर्क कार्यालय निर्माणका लागि निर्माण सामाग्री झारिदै गरेको जानकारी उनले दिएका छ्न ।

करिब २५ करोडको लगानीमा एक बर्षभित्र सम्पन्न गर्ने उक्त उद्योगको निमित्त दुई बिगाहा जमीन छुट्याइएको छ। उनका अनुसार प्रदेश नम्बर १ मा यो उद्योग एउटा मात्र बन्ने छ। साथै, बाग्मती र सूदुरपश्चिम प्रदेशमा पनि यस्तै उद्योग निर्माण गरिने उनले बताए । उता गाउँपालिकामा वातावरण प्रदूषणलाई बेवास्ता गर्दै घना मानवबस्ती छेउमै इँटा उद्योग खोल्ने तयारी गरेको भन्दै केही स्थानीयवासी हरु आन्दोलित बनेका छन् ।

उद्योगी गुणराज थापाले झापाको कमल गाउँपालिका १ स्थित रतनचौनमा गाउँलेको असहमति हुदाँहुदै जबरजस्ती इँटा उद्योग खोल्न लागेको भन्दै वातावरण मैत्री समाज निर्माणका लागि प्रदूषण युक्त उद्योग विरुद्ध भन्दै उनीहरूले गत बुधवार पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।