ओली र प्रचण्ड नमिल्ने हो भने सुर्य चिन्ह र नेकपा कुनैले पनि नपाउने सम्भावना, निर्वाचन आयोगले यस्तो भन्यो, हेर्नुहोस माघ १६ गतेका मुख्य समाचारहरु

ओली र प्रचण्ड नमिल्ने हो भने सुर्य चिन्ह र नेकपा कुनैले पनि नपाउने सम्भावना, निर्वाचन आयोगले यस्तो भन्यो, हेर्नुहोस माघ १६ गतेका मुख्य समाचारहरु

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो । शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ । हेर्नुहोस माघ १६ गतेका मुख्य समाचारहरु :