फुलबुट्टे सारी हिट भएपछि बेहुली बनिन् मलिका, पलसँगको प्रेमबारे मुख खोलिन् (भिडियो)

पछिल्लो समयको सर्वाधिक हेरिएको गीत हो, ‘फुलबुट्टे सारी’ । छोटो समयमै करोडौंको मन जितेको यो गीतको सफलतापछि गीतको भिडियोमा फिचर्ड कलाकारको छुट्टै हाइप बनिसकेको छ । अडियो र भिडियो दुबै सशक्त बनेको यो गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री मलिका महतले जोडी बाँधेका छन् ।

यात्रा फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी मलिकाको पछिल्लो म्युजिक भिडियोबाट यति चर्चा भयो त्यति चर्चा र तारिफ उनले डेब्यु फिल्मबाट सायदै पाएकी थिइन् । त्यसैले त अहिले भिडियोको लागि उनको माग ह्वात्तै बढेको छ । धेरै निर्माता निर्देशक उनलाई आफ्नो भिडियोमा अनुबन्ध गराउन लालायित छन् ।

उनै मलिका बुधबार गोदावरीमा बेहुली अबतारमा भेटिइन् । किरण माइकलको संगीत र निशान भट्टराई अनि एलिना चौहानको स्वर रहेको गीतको भिडियोमा उनले मोडल सोनाल तामाङको बेहुलीको भुमिका समेत निभाएकी छिन् । सुटिङ्गको दौरान गरिएको छोटो कुराकानीमा उनले पल शाहसँगको अफेयर चर्चादेखी बिहे प्रसंग र बच्चा मनपर्ने सम्मका रमाइला किस्सा सुनाएकी छिन् ।

यहाँ हेर्नुहोस् पाछिल्लो समयकी सर्वाधिक मलिकासँग गरिएको रमाइलो अन्तर्वार्ता: