फुलबुट्टे सारीबाट हिट ‘बेहुली’ मलिकालाई बच्चाको रहर, लजाए बेहुला (हेर्नुस् भिडियो)

काठमाडौं– फिल्म ‘यात्रा’बाट डेब्यू भएकी अभिनेत्री हुन्, मलिका महत । ‘फूलबुट्टे सारी’ गीतमा पल शाहसँग जोडी बाँधेर अभिनय गरेपछि उनी यतिखेर म्यूजिक भिडियोमा डिमान्डेड मोडल पनि भएकी छिन् । यिनै मलिका बुधबार दिउँसो ललितपुरको गोदावरीमा भेटिइन्, त्यो पनि बेहुलीको भेषमा ।

बेहुलाको भेषमा थिए, नयाँ अनुहार– सोनाल तामाङ । हाम्रो कला टिभीसँगको कुराकानीमा मलिका भन्दै थिइन्, ‘मलाई बेहुलीको रहर भन्दा पनि बिहे भन्ने वितिकै बच्चा भनेर याद आउछ, मलाइ बच्चा मन पर्छ ।’ उनको आशयमा बच्चा पाउने रहर प्रष्टै झल्किन्थ्यो ।

अचानक कसैलाई थाहै नदिइ खासमा त्यहाँ भइरहेकोचाँही के थियो ? आउनुस्, मलिका र उनको ‘बेहुला’सँग गरिएको भिडियो कुराकानी हेरौँ |