सीधा कुरा बिबादमा आयो , तिमी किन नबोलेको भनेर प्रस्नहरु आईरहंदा म म मौन तरिकाले यो समाजका मान्छे र तिनको ब्यबहार मात्र नियाली रहेकी थिॅए। अब थोरै बोल्छु: ज्वाला संग्रौला

ज्वाला संग्रौला लेख्नु हुन्छ :

सीधा कुरा बिबादमा आयो , तिमी किन नबोलेको भनेर प्रस्नहरु आईरहंदा म म मौन तरिकाले यो समाजका मान्छे र तिनको ब्यबहार मात्र नियाली रहेकी थिॅए। अब थोरै बोल्छु:

सीधा कुरा जनतासंगको अधिकार News 24 संग हैन , रबि लामिछानेसंग छ ! कानुनी रुपमा जाने हो भने News 24 सीधै कारबाहिमा पर्छ। कार्यक्रम कस्ले चलायो , कडा चलायो कि नरम चलायो भन्ने प्रस्न हॅुदै हैन , कुन आधारले चलायो भन्ने प्रस्न हो! राम्रो काम गर्ने जो कोहि लाई पनि सपोर्ट गरिन्छ तर झ्यालबाट छिरेर , चोरबाटो बाट छिरेर काम गर्ने news 24 को अपरिपक्व ब्यबहारको कारण भोलि यो च्यानल नै पतन हुने सम्भाबना छ ! कानुनी रुपमा रबि लामिछाने बलिया छन्, news 24 कमजोर छ ! च्यानललाई यो कुराको हेक्का हुनुपर्छ ! रबि लामिछानेको कन्सेप्टमा उनकै रोजाईको नाममा उनकै स्वामित्व रहने गरी कार्यक्रम दर्ता गरिएको रहेछ ! तसर्थ यो च्यानल छोडे पनि कार्यक्रम माथीको पुरा हक रबिकै हुन्छ !

रबिले कार्यक्रम छोडेर आफ्नै टेलिभिजनबाट नयॅा सोचका साथ सीधा कुरा आउने जानकारी दिए लगत्तै News 24 ले गैरकानुनी ढंगबाट रबि दाईलाई कुनै जानकारी नै नदिई कार्यक्रम चलाउने सुर कस्यो! कार्यक्रम चलाउनु अघि रबिसग सम्झौता नगरी , सल्लाह नमागी , वहॅासंग कुनै परामर्श या स्वीकृति नलिई यो कार्यक्रम चलाएर बाघको छालामा स्यालको रजाई गर्ने मनसायले news 24 अघि बढेको हो भन्ने कुरा आम पब्लिकले बुझिसकेका छन् । बॅाकी, सम्झना भुजेल क्षमतावान हुनुहुन्छ , वहॅालाइ गाली नगरौ, अपशब्द नबोलौं ! बरु वहॅालाइ प्रयोग गरि रबिको टाउकोमा प्रहार गर्न खोज्ने छुद्र मालिकहरुसंग सकारात्मक तरिकाले हिसाब खोजौं !

कुनै महिलाले अस्पतालमा बच्चा जन्माउॅछिन् भने त्यो बच्चाको हकदार आमा हुन्छ । मेरो प्रसुती गृहमा बच्चा जन्मियो, तसर्थ यो बच्चा मेरै हुनुपर्छ भनेर अस्पतालको मालिकले बच्चा राख्न पाउॅछ र भन्या? News 24 ले सीधा कुरा मेरो भनेर दाबी गर्नु र भारतीय सुधिर चौधरीले सगरमाथा भारतका हिस्सा हे, इस उपर क्लेम करना चाहिए, मुहिम चलाना चाहिए भन्नु उस्तै हो! News 24 का नयॅा सुधिर चौधरी बन्न खोज्ने सरहरु सरम राख्नुस् अलिकति । हुनत रबिले नामै बिनाको कार्यक्रम चलाए नि यसै हिट हुन्छ , यो कार्यक्रम दया मायाले news 24 लाई छोडे नि फरक पर्दैन , तर यतिकै छोड्नु हुन्न , कानुनी सबक सिकाएर मात्र छोड्नु पर्छ !! हामीले यो देशमा हजारौं रबिहरु जन्मेको हेर्न चाहेका छौं, तर अबैधानिक रुपले जबर्जस्ती जन्मन खोज्दा तुहिएर जाने खतरा बढी हुन्छ ! News 24 ले यो कुरा नबिर्सोस् ..!
✍️ ज्वाला संग्रौला