प्रचण्ड माधव सिंङ तिल्के गोरु ? ओलीले यस्तो भने, प्रचण्ड माधवले तेश्रो चरणको आन्दोलन गर्ने, हेर्नुहोस माघ १३ गतेका मुख्य समाचारहरु

प्रचण्ड माधव सिंङ तिल्के गोरु ? ओलीले यस्तो भने, प्रचण्ड माधवले तेश्रो चरणको आन्दोलन गर्ने, हेर्नुहोस माघ १३ गतेका मुख्य समाचारहरु

काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिएका छन् । दाङ पुगेका ओलीले तिल्के गोरुको उदाहरण सुनाउँदै अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको बताए ।

यसैबीच संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । हेर्नुहोस माघ १३ गतेका मुख्य समाचारहरु :