‘किन होर रुनी मायालु’मा सारिका र महेन्द्रको मनछुने अभिनय (भिडियो)

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कुसल सर्जक गणेश अधिकारीको लय तथा शब्द सिर्जना गरेका नयाँ गीत भर्खरमात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई अधिकारीलाई आवाजमा विपना रोकाले साथ दिएकी छन् । गीतले मायाको र जीवनको वियोगान्त कथालाई गीत र भिडियोमा उठाएको छ ।

गीतलाई कपिल लामाले निर्देशन गरेका छन् भने सारिका केसी र महेन्द्र गौतमले अभिनय गरेका छन् ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :