जब मिस नेपालका पाँच सुन्दरीहरु बसन्तपुर आसपास घुम्दै गरेको भेटिए… (भिडियोसहित)

मिस नेपालमा सहभागी हुने सुन्दरीहरुले नेपालको इतिहास, भुगोल, संस्कृतिबारे कत्तिको ज्ञान राखेका हुन्छन् ? बेलाबखत अन्तरवार्ताका क्रममा देखिने सेलिब्रेटीको जवाफ हेर्दा यसमा उनीहरुको चासो कमै पाइन्छ ।

त्यसैले होला, यसपटकका मिस नेपालहरू शनिबार बसन्तपुर आसपासका सडक र सम्पदा क्षेत्रमा देखिए । कारण रहेछ, नेपालको सम्पदा बुझ्न खोज्नु ।

मिस नेपाल नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रानेसनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा र मिस टुरिज्म रिया श्रेष्ठले काठमाडौंका सम्पदा क्षेत्र भ्रमण गरेका हुन् । पर्यटन बोर्ड, म्यूजियम अफ नेपाली आर्ट र द हिडन ट्रेजरको संयुक्त आयोजनामा भएको ‘हेरिटेज वाक’ कार्यक्रममार्फत उनीहरुले सम्पदा क्षेत्र घुमेका थिए ।

घुमघामका क्रममा के के भयो ? हेर्नुस् भिडियो |