वहिगर्मनमा परेका लडाकुहरुको यथोचित व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले वहिगर्मनमा परेका लडाकुहरुको यथोचित व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नेकपा विभाजित बने पछि प्रधानमन्त्री ओली पूर्वमाओवादी खेमालाई आफूतिर तान्न प्रयासरत् देखिनुभएको छ ।

अखिल नेपाल महिला संघको केन्द्रीय समितिको बैठकमा उहाँले ‘जनयुद्ध’ लाई कुहिएको फर्सी भन्दै पूर्व माओवादी आन्दोलनमा लागेकाहरुलाई नभनेको प्रष्टीकरण पनि दिनुभएको छ । उहाँले ठूला सपना देखाएर महान् क्रान्ति भन्दै युवालाई सहभागी गराउने प्रचण्डलाई मात्र भनेको बताउनुभयो ।

उहाँले प्रचण्डले जनयुद्धका नाममा आफ्ना परिवारका लागि मात्र फाइदा लिएको आरोप लगाउनुभयो । उहाँले बहिर्गमनमा परेका लडाकुहरुका लागि यथोचित व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चटकेको संज्ञा पनि दिनुभयो । प्रधानमन्त्री ओलीले प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले नेकपामा आएको र त्यो पूरा नभएका कारण फर्किएको टिप्प्णी गर्नुभयो ।

साभार News 24