शिवको झटारो वर्षा राउतलाई ? भन्छन् ‘डबिङमा समय नदिने कलाकार नै हैन’ (भिडियो सहित)

ईटहरी /पछिल्लो समय नेपाललगायत विश्वका धेरै देशहरुमा कोरोना महामारीको प्रभाब निकै पर्न गयो । देशका धेरै व्यापार ब्यबसाय देखि लिएर फिल्म क्षेत्रमा पनि नकारात्मक असर पर्यो । कुनै पनि फिल्म हलमा प्रदर्सन हुन सकेनन । तर पनि नया-नया म्युजिक भिडियोले भने बजारमा राम्रै भाउ कामाउन सफल भयो । बिस्तारै देशमा लकडाउन खुले संगै विभिन्न हलहरुमा नया फिल्म लगाउनु पर्छ भन्ने फिल्मकर्मीहरुको आवाज उठ्यो ।

तर हलमा दर्शकहरु आउने नआउने भन्ने अन्योलता समेत भयो, तर माघ १ गते बाट नेपाली फिल्म “एउटा यस्तो प्रेम कहानी” देशका बिभिन्न हलहरुमा प्रदर्शन गरियो । चलचित्रका अभिनेता तथा फिल्म निर्माता शिव श्रेष्ठले अब फिल्म उधोग पनि चलायमान हुनुपर्छ भनेर सरकार समक्ष पहल गरेपछि हल संचालनमा सरकारले अनुमति दिएको हो । फिल्म प्रदर्शन हुदै गर्दा शिव पुर्व पनि आए । बजारमा चलेका केही हल्ला र फिल्मका बारेमा हामिले कुरा गरेका छौ ।

कुराकानिका दौरानमा उनले डबिङमा समय नदिने कलाकार, कलाकार नै हैनन भन्न समेत भ्याए । हुन पनि हो । यो कुरा सिधै वर्षा राउत तिर पनि जान्छ । किनकी, फिल्ममा बर्षाको अभिनय छ तर उनको आवाज छैन । उनको आवाजको ठाउमा अरु कसैको आवाज डबिङ गरिएको छ । जस्ले गर्दा उनको अभिनय पनि फितलो त भईनै हाल्यो यता फिल्मको गुणस्तर पनि घट्यो । केही कलाकारलाई पारिश्रमिक नदिएको समेत हल्ला छ । बर्षा यसैको चपेटामा परेको पनि हुन सक्छ ।

उनको मात्र हैन फिल्ममा अन्य केही कलाकारहरूको पनि रियल आवाजलाई महसुस गर्न सकिँदैन । केही मिडियामा फिल्म छायांकन सम्पन्न नै नभै प्रदर्शनमा आएको भन्ने कुराहरु आएपछि हामिले त्यो प्रश्न पनि श्रेष्ठलाई गर्दा सो कुरा सिधै अस्विकार गरे । उनले मिडिया गलत हैन सो कुरा भन्ने मान्छे गलत हो भने । फिल्महलहरुमा दर्शक संगै बसेर पुर्वको ईटहरी र धरान आएका उनी केही हलहरुमा संगै बसे तर, न्यून दर्शक । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को पहलमा च्यारिटी शोको शैली अपनाईएको थियो ।

हेर्नुस् भिडियो ।