‘छातिभित्र मुटु चल्छ मेरो’ बेलायतमा बबाल मचाउदै कुनै जात ,धर्म, उमेर, वर्ण आदिले छेक्न नसक्ने भाव प्रकट गरेको म्युजिक भिडियो ।

गायिका सृष्टि हिङमाङ र गायक मिथुन शिवाको आवाजमा तिम्रो ‘छातिभित्र मुटु चल्छ मेरो’ बोलको गीत सार्वजनिक भएको छ।

सृजना निङ्गलेकुको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा शब्द मिथुन शिवा, संगित सृष्टि हिङमाङको रहेको छ भने सृजना निङ्लेकु र पर्शुराम राइको अभिनय रहेको छ । प्रेमभाव बोकेको यस गीतले प्रेम गर्नको लागि कुनै जात ,धर्म, उमेर, वर्ण आदिले छेक्न नसक्ने भाव प्रकट गरेको छ ।

गीतको छायाङ्कन बेलायतका विभिन्न रमणीय स्थानहरुमा गरिएको छ । मोडल द्वय सृजना निङ्लेकु र पर्शुराम राईको वैवाहिक वर्षगाठ र माघे सक्रान्तिको अवसरमा सार्वजनिक गरिएको भिडियोलाई बेलायतमा नै आफ्नो कर्मथलो बनाएका संचारकर्मी कुशल श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन्। सुन्दरी मोडल मोडल सृजनाले बेलायत जानु पूर्व पनि नेपालमा करिब ३ दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । बेलायत पुगेको ३ वर्षमा नै स्थापित भ्लगरका रुपमा आफ्नो परिचय बनाइसकेकी छिन् ।

भिडियोको सह छायांकन आशिष श्रेष्ठले गरेका हुन् भने मेकअप आर्टिस्टका रुपमा दीपिका श्रेष्ठ, बालकलाकारमा काब्या श्रेष्ठ र अतिथि कलाकारका रुपमा निलम मल्लले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।