राजकुमार महर्जनको निर्देशनमा ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’

काठमाडौं २५ । निमा राय क्षेत्रीकोे स्वर, शब्द, संगीतमा तयार पारीएको ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोको छायांकन पोखरा आसपास क्षेत्रका रमणीय स्थानहरुमा गरिएको छ । प्राकृतिक सुन्दर दृश्यहरु कैद गरिएको ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’ दर्जन भिडियो निर्माण गरिसकेका कलाकार समेत रहेका राजकुमार महर्जनले निर्देशन गरेका हुन् । यसमा क्रान्ति बराईली, अपेक्षा दवाडी, संगिता बनमाली लगायतका कलाकारको अभिनय रहेको छ ।

स्वरुप थापाको छायांकन रहेको भिडियो ह्वाइट पिजर मिडिया, डब्लु.पि. इन्टरटेन्टमेन्टको निर्माण, गायकको आफ्नै युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ । बिगतका आफ्ना प्रस्तुतिहरु झै यो म्युजिक भिडियोलाई पनि दर्शक, श्रोताहरुले मनपराई दिनुहुनेमा निर्देशक राजकुमार महर्जन विश्वस्त छन् ।