घिमिरको ‘काली दोभान…’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं २५ पौष । सफल चलचित्र निर्देशक, चार दशक लामो समय निरन्तर रुपमा चलचित्र क्षेत्रमा बिताई सक्नु भएका बरिष्ठ निर्देशक मदन घिमिरे निर्देशित ‘काली दोभान…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निर्देशक घिमिरे चलचित्रको क्षेत्रमा साथै सामाजिक क्षेत्रमा समेत सकृय रुपले लागिपर्दै आईरहनु भएको छ ।

भिडियोमा चर्चित गायक तथा मोडेल प्रकाश सपुत र मेलिसा कार्कीको मुख्य अभिनय रहेको छ । बाबुकृष्ण परियार र समुन्द्र परियारको सुमधुर स्वरमा सजिएको गीतको संगीत सयोंजन सुनिल परियारको रहेको छ । भिडियो समुन्द्र परियारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

‘मेरो पहिलो प्रयास हो लोक शैलिमा, जे जस्तो बनेको छ दर्शक सामु पस्केको छु हेरी प्रतिकृयाको आशा गर्दछु’ निर्देशक घिमिरेले भन्नु भो ।