मोफसलमै बन्यो सक्किगोनीलाई टक्कर दिने कोपा र चिबेको “हास्नु हुन्न है” (भिडियो सहित)

नेपाली हास्यव्यंग्य छेत्रमा एकछत्र राज गरेको सक्किगोनी अहिले सबैको मन मुटुमा बस्न सफल भएको छ । कथाबस्तु अनि सिरियलका सबै पात्र उत्कृष्ट भएका कारण एकाएक चर्चामा आएको सक्किगोनी अहिलेको एक नम्बर सिरियल हो । सक्किगोनी जस्तै मेहेनत गर्ने अनि छोटो समयमा नै चर्चामा आउन सफल टिम आएको छ । राजधानी बाहिर पुर्ब झापाबाटै सक्किगोनीलाई टक्कर दिने क्षमता भएको अर्को नेपाली हास्य टेलीश्रीन्खला हास्नु हुन्न है सधै झै आज पनि सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभीबाट आइसकेको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चा परिचर्चा कमाउन सफल भइसकेको छ ।

यस सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन साथै हरेक हप्ता समाजमा केही न केही शिक्षा प्रदान गर्दै आएको छ । हरेक हप्ता फरक कथाबस्तुमा प्रस्तुत गरिरहेको छ । निर्देसक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथामा आधारित निर्माण भैरहेको यश सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ। कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, पदम कोइराला, सन्तोष किराँती , सिताराम लिम्बू, कुमार राई, योवन गुरुङ , दिनेश बस्नेत र अन्य धेरै कलाकारहरूको पनि प्रस्तुति रहेको छ। निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बु भन्छन आफुले कलाकारिता गर्ने क्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न एउटा सानो स्थान प्राप्त गर्नलाइ धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए ।

दस बर्षको संघर्षपछि आफैले बनाउन सुरु गरेका समीर र आइन्द्र खुशी भएका छन । दोबाटेबाट निकालीएपछी उनिहरु आफैले सुरु गरेका थिए । उनीहरुसङ्गै दोबाटेका अन्य सात जना कलाकार आएपछी अहिले नेपाली बजार सक्किगोनी र हास्नु हुन्न है ले तताउन सुरु गरेका छन । त्यसैगरि बुडेसकालमा २१ बर्षकि युवती बिबाह गर्ने भाइरल बाजे सिंहबहादुर लिम्बू र पुजाको पनि हरेक हप्ता अभिनय देख्न पाइनेछ ।