आमाँ भनेको माया हो, स्नेह हो जुन बराबर दायित्व र कर्तव्य जिम्माको संगम स्थल पनि हो ।

जानकी पन्त,
आमाँ भनेको माया हो, स्नेह हो जुन बराबर दायित्व र कर्तव्य जिम्माको संगम स्थल पनि हो । शसांरमा शक्ति, बुद्धि र सम्पत्तिको संगम स्थल भनेकै आमाँ हो। आमाविना कोही सन्तान सौभाग्यशाली हुनै सक्दैन्न। जस्को साथमा आमाको आर्शिवाद हुन्छ उसको जीवन र जगत दुबै स्वर्ग हुन्छ। मरेर पाउने स्वर्ग भन्दा नि जिउदै पाउने आमाको काख, आमाको संगत र आमाको आशीर्बाद स्वर्ग भन्दा कैयौ गुणा माथी हुन्छ।

जिबनमा आमा हुनुहुन्छ भने संसार खुशी छ, दुख बिसाउने ठाउ छ, सुखमा रमाउने स्वर्ग छ! अनी आमाकै कारण यो जिबन जगत सार्थक छ। त्यसैलेनै भनीन्छ आमाको काख भनेको स्वर्ग हो । आमाको काख र आमाको साथ भन्दा ठुलो सन्तानको लागि अरु कुनै बहुमुल्य सम्पत्ति हुन सक्दैन। तर अफसोच अहीलेको परीबेशमा समय परिस्थितिले सबैलाई स्वार्थ बनाउँदै लगेको छ। अहीलेको अवस्थामा आमा पाल्नु, स्याहार्नु धेरैको लागि कष्ट हुँदै गएको छ। छोराछोरी हरु हुदाहुदै पनी कतीपय बृद्द र आशक्त आमा हरु बृद्दाआश्रममा भेटिन्छन। जुन एक अभिषाप हो।

जीवन अभिषापको लागि होइन्, जिबन त बरदान हो। आमाविना जीवनको आकार हुन्न, आमाविना जिबन नै साकार हुन्न। आमाबुवा लाइ बृद्दाआश्रममा राख्नु भनेको आफैलाई थुकेर अरुलाई रमाउन दिने वास्तविकता मात्र हो।

मेरी आमा ‘बिधाबती पन्त’ जस्को दश बर्षको कलीलो उमेरमा आफु भन्दा तीस बर्षले जेठो मेरो बुवा सगं बाल बिबाह भएको थीयो। बिबाह पश्चात आमाले १२ सन्तान लाइ घरमै जन्म दिनुभयो! जसमध्य १० जना जिबीत सन्तान लाई कुनै रोग कष्ट नलागी हुर्काउन सफल हुनुभयो! अनी उनीहरुलाइ समाज र देशको लागि योग्य बनाउनु भयो।

सन्तानले डाँडाकाँडा ढाकोस् भनेझै अहीले वाहाको श्रीष्टीमा लगभग ४० जना छन। मातृत्व सुख संगत संगै जीवनका आरोह अवरोह चढ्ने झर्ने क्रममा उहाँले आफ्ना दुई छोराहरु लाइ गुमाउनु भयो। पहिलो छोरा १८ महिनामा निमोनियाले र अर्को छोरा ६ दीनमा र्दुघटनाले गुमाएको पीडाको कारण यो समाजमा अरुका सन्तान हरु विनाकारण नमरियोस् भन्ने हेतुले आफुले सुइ लगाउन सिकेको, सुत्केरी गराउन सिकेको अनी गाउघरमा गरीब हरुका लागी, डक्टरी दबाइ र बैधका उपचार जस्ता अन्य निशुल्क सेवा र सहयोग द्द्वारा गाउमा धेरै गरीब दुखीको उद्दार गर्नुभयो!

आफ्नो बिहे चार कक्षामा पढ्दा भए पनी बिबाह पश्चात श्रीमानको सहयोगले दश कक्षा सम्म पढाइ सकी, गाउमा प्राथमीक स्कुल आफैले खोल्नु भयो। अनी त्यो शिक्षा आफुमा मात्र सिमित राख्नु हुन्न भन्ने सोचि घरबाटै भएपनी गाउमा पहीलो प्रौढ कक्षा सञ्चालन गरी महिला मुक्ति जागृतिको लागि शिक्षाको बिउ आज भन्दा झन्डै ६० बर्ष पहिले आफुले छर्नु भयो।

वर्षेनी सन्तानहरु जन्मिदै जानु र घर समाज देखि शिक्षानीति पढाउने अनेक कार्य व्यस्तताले गर्दा वाहाले ६ वर्ष पश्चात शिक्षण पेशा बाट राजीनामा दीइ आफुले खोलेको त्यो स्कुल आफ्नै देवरको छोरीलाइ हस्तान्तरण गर्नु भयो। छ बर्ष आफै प्राध्यापक भइ चलाएको आफ्नो शिक्षा पेशाबाट आएको आय बाट आमाले आफ्ना सन्तानको लागि ६ बिघा जमिन पनी जोड्नुभयो।

जसरी सूर्यले सबैलाई प्रकाश दिए झै, पानीले सबैलाई पिलाए झै र हावाले सबैलाई अक्सीजन दिए झै हाम्रो जीवन पनी त्यस्तै हुनुपर्छ भन्ने सोच राख्दैै फलतः आफ्नो जीवन सबैको लागि हो भन्ने मान्दै आमाले आफुसँग भएको शिप शिक्षा लगायत अरु अन्य सेवा र सुविधा दिने अठोटका साथ धेरैका लागि गाउघरमा बिसेष सेवा, कर्तव्य र दायित्व निर्वाह निरन्तर गर्नुभयो!

सबै सन्तान लाई आफ्नै ईच्छासंगत साहसी भई बाँच्न, हास्न र जीवन सही ढगंले जिबन परिचालन गर्न बारबार अर्ती उपदेश, आदेश, हौसला र प्रेरणा सधै दीइरहनु भयो। तसर्थ जन्म दिएर मात्र आमा बनिदैन् भन्ने कुरा मेरा आमाले सफलतापूर्वक निभाउनु भएको अनेक उदारणीय भूमिकाहरुका यथार्थताले दर्शाएका छन् । कमाउने देखि लीएर घरपरिवार स्याहार्ने र समाज गाउँका अनेक समस्या लाइ समेत जिम्मा लिने, अरुलाइ शिक्षित तुल्याउने आदि अन्य भूमिकाहरु आमाका धेरै उदारणीय कार्यहरु छन।

जीवनमा आफुले चाहेको खण्डमा हामीले जे पनि गर्न सक्छौं भन्ने एक जीवित देवीको रुपमा मैले मेरी आमा विद्याबती पन्तलाई मानेको छु। मेरी आमाको जीवनकालमा आमाले गाउँ समाजको लागी गरेका निस्वार्थ सेवा हरुको बारेमा देख्न र सुन्न पाउँदा गर्ब महसुस गरेको छु। जीवनमा कसैले साथ नदिए पनि अरुको आश र पर्वाह नगरि आफ्नो लगन, योग र तपस्या लाइ निरन्तरता दिइ समाजमा एक सफल व्यक्तित्व साथमा एक सफल गृहिणी मेरी आमा हुनु भनेको छ।

एक महिलाले चाहेको खण्डमा जस्तोसुकै ढलेको घर पनि उठाउन सकिन्छ भन्ने कुरा आमा बाट सुन्न पाउँदा, हृदयमा साहास र उर्जा थपीएको छ। म पनि सके जति आमाकै निर्देशनमा आमालाइ पथपर्दशक बनाइ हिड्ने छु भनी प्रण लिएको छु । नारीको प्रसंगमा कुरा जोड्ने हो भने मैले मेरी आमाको बारेमा समाज, देश र विश्वको लागि केहि उदारणीय कुरा हरु सुनाउनै पर्छ भन्ने सोच राखी मैले मेरी माहान आमाको जीबनिको बारेमा किताब लेख्ने प्रण गरेको छु। म जस्तै अरु महिलाहरुको लागि पनि मेरी आमा बिधाबती पन्त को यो जीवन कथा प्रेरणादायि र पथपर्दशक बन्नेछ भन्ने मैले विश्वास लिएको छु ।

म अर्थात जानकी पन्त “जून” आमाको आठ छोरी मध्येकी ६ नम्बरको छोरी हुँ। मैले मेरी ममतामयी आमा सगं गत दश बर्ष देखी युकेमा सँगै बस्ने सौभाग्य पाएको छु, यानीकी आमाको स्वर्गरुपी काख पाएको छु। मैले आँ गर्नु पूर्व मेरो अवस्था, परिवेश, परिस्थिति बुझ्ने कोही हुनुहुन्छ भने उहाँ मेरी आमाँ, विद्यावती पन्त हुनुहुन्छ। मेरो लागि जीवनको सुख, हासो, खुशी र अमुल्य सम्पत्ति भनेकै मेरी आमा हुनुहुन्छ। मेरो निदारको चण्दन, मेरो आस्था, मेरो विश्वास एवम् मेरो पहीलो भगवान् भनेको मेरी आमा हुनुहुन्छ।

म जीवनमा जे छुँ र जे गर्छु मेरी आमाको आषिश लाई पहीलो स्थान दिन्छु। मेरो लागि आमाको हासो, खुशी र सुख नै जीवनको अन्तिम सुख हो। आमाले पाउनु पर्ने सुख, सन्तुष्टी, मान, सम्मान, प्रतीष्टा म मेरी आमा जिबीत छदै दिन र दिलाउन चाहन्छु। म पढाइले कम्प्युटर इन्जिनियर भएपनि मेरो सोक, रहर र ईच्छाशक्ति भनेकै साहित्य रचना हो । म प्रायः गीत हरु लेख्छु । मेरो २० भन्दा बढि गीत हरु बजारमा छन्। मैले गीतका दुईवटा किताब अनी चारवटा गीतका अल्बम हरु पनी प्रकाशनमा ल्याइ सकेको छु।

म आज जहाँ छु जस्तो छु, जीबनमा जे जति उपलब्धि गरेको छु त्यसको श्रेय दिनु पर्दा म सधै आमा लाइ नमन गर्छु। र म आफ्नो बारेमा भन्दा ज्यादा आमाकै बारेमा बढि गर्भित र्गछु।

मेरो अस्तित्व भनेकै मेरी आमा हुनुहुन्छ। म पनि आज दुई सन्तानकी आमा हुँने शौभाग्य पाएकी छु। तर आमा जतिको हुन सक्छु होला भन्ने कुरामा शंका लाग्छ। म आफु आमा विद्याबती पन्तकी सन्तान हुन पाएकोमा संसारकी सबैभन्दा शौभाग्यशाली छोरी ठान्दछु। म वाहाकी छोरी भगवान्कै अनुपम आर्शीबाद हुँ भन्नेमा गर्व गर्छु ।वाहाको अंशको केही मात्रा मात्र ममा आएको भए म पनि देशको काया पल्टाउन सक्ने थिए भन्ने कुरामा बिश्वस्त छु।

हुन त मेरा उल्झनहरु पनि नभएका होईनन तैपनी सबैलाइ आत्मसाथ गर्दै, आमाको माया, साथ, प्रेरणा र हौसला र आशीर्बाद पाएकोले हर बाधा बन्धन लाइ पन्छाइ अघी बढ्ने प्रयत्न गरीरहेको छु। जीवनमा लिने र लाने भन्दा नि बाचुन्जेल सुख, शान्ति र सन्तोस लाइ म ठूलो मान्दछु। आजको दिनमा भोलीको लागि चिन्चित हुने बानी राम्रो होईन् मलाई सदा मेरी आमाले यही सुनाउनु हुन्छ। साथै जुन पलमा हाँस्न सकिन्छ त्यसको अवस्था नबुझि रुनु हुन्न भन्ने यावत प्रेरणादायि कुराहरु पनी मैले मेरी आमाबाटै सिकेंको छु। मैले पनि आमाले झै समय र साथलाई आत्मासात र मन्थन गरि अघि बढ्न सकेको खण्डमा एकदीन अबस्य सफल हुुनेछु भन्ने कुरामा विश्वस्त छु।

अन्तमा सबै महीला सँग मेरी आमाका जस्ता आँट, हौसला र जागर हरु जागोस् भन्ने प्रार्थना गर्दछु।
बाँकी पुस्तकमा पढ्नलार्ई प्रतिक्षा गर्नुहोला! धन्यबाद