नायक पल शाहले हात काटेरै हाले जुनालाई सिउँदोमा सिन्दुर

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेकी चर्चित गायिका समिक्षा अधिकारी,प्रकाश क्षेत्री र रंजन थापा मगरले आवाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत मेरी मायालाई बजारमा आएको छ।गीतमा प्रदिप अधकारी र रबिन लामिछानेको उत्कृष्ट शब्द तथा प्रदिप अधकारीकै लय रेहको छ।भर्खरै बजारमा आएको उक्त गीतले निकै चर्चा पाउने देखिन्छ।

नेपाली चलचित्रका सफल नायक पल शाह संगै जुना सुन्दासको दमदार अभिनय रहेको गीतको निर्देशन भने दिपेन्द्र तिमिल्सिनाको रहेको छ। बजारमा आएको उक्त गीतमा सम्पादन मनोज कार्कीले गरेका हुन्।गीत निकै आसलाग्दो रहेको छ।गीतले चर्चा पाए संगै टिकटकमा पनि उक्त गीत चर्चामा छ।पछिल्लो केहि समय यता चलचित्र क्षेत्रका कलाकारहरु दोहोरी क्षेत्रमा प्रबेस गर्ने क्रम बढे संगै पल शाहले खेलेका गीतहरु पनि दैनिक जसो बजारमा आइरहेको छ।