केपी ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेको आरोप, ओलीको नजिक मानिएका सुबास नेम्बाङ संसद विघटनको विपक्षमा, प्रचण्डकै जिल्लामा पुगेर शंकर पोखरेलले यस्तो भने प्रचण्डलाई ! हेर्नुहोस पुस २१ गतेका मुख्य समाचारहरु

संविधान बनाउने मुख्य थलो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ अहिलेसम्म संसद विघटनबारे मौनव्रतमा छन् । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे निकट मानीने नेम्वाङले अनाैपचारीक रूपमा घुमाएर संसद विघटनको विपक्षमा बाेल्ने गरेकाे बताइएकाे छ ।

नेम्वाङले सार्वजनिकरुपमा केही नबोले पनि आफूनिकट कानुन व्यवसायी र राजनीतिक दलका नेताहरुसँग भने संसद विघटनबारे चर्चा गर्ने गरेका छन् । सुवास नेम्वाङ पनि संसद विघटनको विपक्षमा रहेकाे स्रोतको दाबी छ ।

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कमेडी’को संज्ञा दिएकी छन् । चितवनमा सोमबार आयोजित प्रचण्ड-माधव समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी प्यालेस र बालुवाटारमा ओलीले कमेडी देखाइरहेको बताएकी हुन् ।

नेकपा ओली समूहका नेता शंकर पोखरेलले चितवनमा पुगेर पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रचण्डले या त निर्वाचन बहिष्कार गर्ने, या त चितवन छाड्ने अवस्था आएको उनको दाबी छ । जतिपटक चुनाव हुन्छ, त्यतिपटक निर्वाचन क्षेत्र फेर्नु हुन्छ’, उनले भने, ‘पहिलो संविधानसभामा रोल्पाबाट चुनाव लड्नुभयो, दोस्रो संविधानसभामा रोल्पा जाने आँट भएन । सिरहा पुग्नुभयो । ‘सिराहामा के हालत भयो सबैलाई सम्झना छ । संविधान जारी भएपछि चुनाव लड्नुपर्‍यो, सिराहा जाने आँट भएन, चितवन आइपुग्नुभयो । चितवनमा चुनाव जित्न कमरेड केपी ओलीको साथ चाहियो ।’

कुनै पनि ठाउँका जनतालाई दीर्घकालसम्म भरोसा नगर्ने प्रचण्डको चरित्र रहेको भन्दै उनले भने, ‘अब हुने चुनावमा या त उहाँले बहिस्कार गर्नुहुन्छ या चुनावमा भाग लिनुपर्न हो भने चितवन रोज्नुहुन्न, अरु कुनै ठाउँमा जानुहुन्छ ।’ हेर्नुहोस पुस २१ गतेका मुख्य समाचारहरु :