मंगलबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु

१। मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन । २। यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । ३। यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन ।

४। मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । ५। उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

६। यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन र साँचो कुरा बोल्ने गर्दछन जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन । ७। यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।

८। यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन र आफ्नो निर्णय आफैँ लिने गर्दछन । ९। उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन । १० स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।