पोखरामा बाबू र छोरा मिलेर आमालाई पठाए आश्रम

पोखरा महानगरपालीका वार्ड न।१७ छोरेपाटनबाट आज मानवसेवा आश्रमले एकजना महिलाको उद्दार गरेको छ ।

बिगत लामो समयदेखि मानसिक सन्तुलन गुमाएकी महिलालाई आज पोखरा कै छोरेपाट्नमा रहेको मानव सेवा आश्रमले उद्धार गरेको हो ।

उक्त महिलाको घरमा उनका बुढा र एक छोरा डेरा गरि गस्दै आएका थिए । उनका बुढाका अनुसार उनिहरुको एक जना एक वर्षका सानो बाबू पनि हराईरहेका छ्न । आमाले मानसिक सन्तुलन गुमाएपछी बच्चा कता हरायो अन्योल रहेको छ ।

८ कक्षामा पढदै आएका उनका अर्का छोराले आमाको सेवा गर्दा गर्दै आफ्नो पढाइ पनि गुमाउनुपरेको छ । आर्थिक अवस्था कम भएको र घरमा आफुहरुलाइ केही गर्न पनि नमिल्ने वातावरण भएपछी अन्तिममा आश्रममा पठाउने निर्णय गरेको उनका श्रीमान बताउछ्न ।

आश्रममा लगेपछी घरमा पनि काम गर्ने मेसो मिल्ने र छोराले पनि आफ्नो पढाई निरन्तरता दिन मिल्ने आशाका साथ छोराको भबिस्य र महिलालाई पनि सहज हुने आशाका साथ आश्रममा लगिएको छ । भिडीयो सहीत |