झापामा दाहाल-नेपाल समुहको बिरोधसभा , बक्ताहरु भन्छ्न ओलिले सम्बिधान निले

युबराज रेग्मी
१८ पुस , झापा / नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई अवसरवादि र दक्षिणपन्थीको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको विर्तामोडमा शनिबार आयोजित विरोधसभामा बोल्दै दाहाल-नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीले संविधान निलेको उल्लेख गर्दै अवसरवादी ओलीको राजनीतिक भविष्य संकटमा पुगेको बताए ।

कम्युनिस्ट इतिहासमा क्रान्तिकारी जिल्लाको रुपमा परिचित झापामा ओलीको अलोकतान्त्रिक र तानासाही कदमको मुकदर्शक भइ टुलुटुलु हेरिनरहने बताए । वक्ताहरुले अवसरवादि र दक्षिणपन्थीको जिल्ला झापा हुन नसक्ने बताउदै आफूहरू प्रतिगमनको मतियार बन्न नसक्ने प्रष्ट्याए ।

विरोध कार्यक्रमका वक्ताहरुले ओलीले संविधान कुल्चने काम गरेको दाबी गर्दै ओलीले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको उनीहरुले जिकिर गरेका थिए ।
सन्कि शासकले देशलाई दुर्घटनामा पुर्याएको बताउँदै ओलिले प्रतिगमनको श्रृङ्खला सुरुगरेको बताए ।

अर्को प्रसङ्गमा बक्ता हरुले पार्टी फुट्ने सम्भावना नरहेको बताउदै गर्दा चोइटिएर जानेले पार्टी छोडेर जान सक्ने बताउदै केपी ओली बास्तबिकतामा कम्युनिस्ट नभएको उल्लेख गर्दै ७० प्रतिशत केन्द्रीय सदस्य दाहाल-नेपाल पक्ष रहेको तर्क गरेका थिए ।

केपी ओलीले बारम्बार भन्दै आए जस्तो पार्टी भित्र घेराबन्दी नगरिएको बताउँदै ओलिले बेइमानी गरेको दाबी गरे । कार्यक्रममा नेता योगेश भट्टराईले केपी ओलीलाई मात्रै प्रधानमन्त्री बनाउने कुरा पार्टीको कुनै विधानमा नलेखिएको बताउका थिए । ओलीले आफूलाई पाँचवर्ष प्रधानमन्त्री बनाउने सहमति भएको उल्लेख गर्दै आधा–आधा समय प्रधानमन्त्री हुने भन्ने सहमति पत्र प्रचण्डले अढाइ वर्ष पछि च्यातेर सहयोग गरेको साथै ओलीलाई पार्टी भित्र गरिएको अनुनय–बिनय भैँसीका अघि बिनायो बजाए जस्तो मात्र भएको बताए । प्रतिनिधिसभामा ओलीलाई कहिल्यै धोका नदिएको र नभएको बताउँदै उनले गलत कुरा नगर्न ओलीलाई सचेत समेत गराएका थिए ।

देशलाई गम्भीर मुडभेड तर्फ नधकेल्न प्रधानमन्त्रीलाई आग्रह गर्दै भट्टराईले जे मनलाग्यो त्यही नगर्न प्रधानमन्त्रीलाई सचेत समेत गराए । ओलिले संविधानको सर्बोच्चता र कानुनी राज्यको धज्जी उडाएको बताउँदै अध्यादेश मार्फत पार्टी फुटाउने र एमाले ब्युताउन खोजेको बताएका थिए ।

भड्किलोमा नजाकिन पटकपटक ओलीलाई आग्रह गरेका भट्टराईले आफूहरू माफी गर्न तयार रहेको नमाने पार्टीबाट हटाउने चेतावनी समेत दिदै आफू नरहदा अरुलाई पनि सक्छु भन्ने भष्मासुर शैली त्याग्न ओलि शीत आग्रह समेत गरेका थिए ।

बिरोध कार्यक्रममा नेतृ धर्मशीला चापागाईंले जनताको रगत पसिना बगाएर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुको सट्टा लोकतान्त्रिक संविधानमाथि नै प्रहार गरेकोले प्रधानमन्त्री ओलिको पछिल्लो कदमले देशलाई निकास दिन नसक्ने बताइन । बिरोध कार्यक्रमलाई चन्द्रा श्रेष्ठ, रविन कोइराला, विजय साम्पाङ लगायतले सम्बोधन गरेका थिए ।