प्रधानमन्त्रील झुट बोले ! संघियता नै खारेज गरिदिन ओलीलाई यस्तो सुझाव, हेर्नुहोस पुस १८ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले आफ्नो समूह आधिकारिक भएको दाबी गर्दै प्रचण्ड–माधव समूहले दिएको निवेदन नै खारेज भएको दाबी गरेका छन् ।

शुक्रबार प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै उनले आफूहरु नै आधिकारिक भएको र सूर्य चिन्ह पनि आफूहरुसँग नै रहको बताए । निर्वाचन आयोगले भने प्रधानमन्त्री ओलीले दाबी गरे जस्तो कुनै निर्णय नभएको बताएको छ । नेकपाको दुवै समूह आरोप प्रत्यारोपमा उत्रिएका बेला प्रधानमन्त्री ओलीले अर्को पक्षलाई अत्याउन र आफ्नो पक्षको मनोबल बनाउन यस्तो झुट बोलेको हुनसक्ने एक अधिकारीले बताए ।

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।संघीयता नै खारेज गर्नुपर्छ भनेर आफुले पहिलो पटक नभनेको पनि उनको प्रष्टीकरण छ । हेर्नुहोस पुस १८ गतेका मुख्य समाचारहरु |