एस स्टडी वर्ल्डको ‘नाचिदेउ बसन्ती’को कभर बनाउनेलाई १ लाख पुरस्कार

एस स्टडी वर्ल्डले निर्माण गरेको गायक दिल तामाङको नयाँ गीत ‘नाचिदेउ बसन्ती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डि पी खनालको शब्द र शंकर थापा “स्माइल”को सगीत रहेको गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन ।
भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय र नृत्य रहेको भिडयोमा पवन सुस्लिङको क्यामेरा र सम्पादन रहेको छ भने भिडियोलाई निर्मल लामाको निर्देशन गरेका हुन् ।

‘नाचिदेउ बसन्ती’को भिडियोलाई स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यो गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई नगद १ लाख पुरस्कार दिने पनि प्रोडक्सनले जनाएको छ। एस स्टडी वर्ल्डले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ भने बिगत लामो समय देखि एस स्टडी वर्ल्डले अस्ट्रेलिया लगायत विश्वभर उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुलाई त्यहाको शिक्षा र अध्यागमन (इमिग्रेसन) सम्बन्धि यथार्थ जानकारी दिदै आइरहेको छ।