हेर्नुहोस पुस १७ गतेका मुख्य समाचारहरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनपछि दुबै समूहबाट पार्टी निर्माण कार्य तीव्र पारिएको छ । पार्टी विभाजनपछि ओली समूहमा उभिने जनसंगठन संयोजकहरु ६ जना देखिएका छन् । २२ मध्ये बाँकी जनसंगठनका संयोजक भने प्रचण्ड र माधव समूहमा उभिएका छन् । आठ जनसंगठनका संयोजक र सहसंयोजक नै प्रचण्ड र माधव समूहका छन् । ४४ पदाधिकारी मध्ये ओली समूहमा ११ जना मात्रै छन् ।

भक्तपुरका सांसद महेश बस्नेतलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली, गलौज र अभद्र टिप्पणी गरेको अभियोगमा एकजना पूर्वप्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द छन् । साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरेर नेपालगञ्जबाट चन्दलाई मंगलबार पक्राउ गरेको हो । हेर्नुहोस पुस १७ गतेका मुख्य समाचारहरु :