पोखरा महानगरपालिका वार्ड न १५ अमिन्तारामा जमिन भासिएको छ।

पोखराका बिभिन्न ठाउंहरुमा जमिन भासिएको हामी सबैले सुन्दै र देख्दै आएका छौ। फेरी पनि पोखरामा जमिन भासिन सुरु भएको छ।

पोखराको वार्ड न १५ अमिन्तारामा सेती नदीको नजिकै जमिन भासिएको हो। सुरुमा अलि अलि चर्केको भएपनि अहिले जमिन भासिने क्रम रोकिएको छैन। जमिन भासिदै गएपछि त्यहा रहेका स्थानीएहरुलाई वार्ड कार्यालयको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ भने थप क्षेति हुन् नदिन त्यहा उच्च सतर्कर्ताका साथ् मानिसहरुलाई आवात जावात्मा पनि रोक लगाईएको वार्ड न १५ का वार्ड अध्यक्ष प्रकाश पौडेलले जानकारी दिएका छन।

यस क्षेत्रमा जमिन फाटेको छ भने केहि घरहरु पनि चिरिएका छन। यस्तै आदिमा रहेको सेतीको डिलमा पहिरो पनि गएको छ। मानिसहरु पहिरोले हुनसक्ने आकलन पनि गरिराखेका छन।
हामीले त्यहाका केहि स्थानीएहरु संग पनि कुरा गरेका थियौ। उहाहरु भन्नुहुन्छ जमिन भासिन थालेपछि सबै जना त्रसित छौ। कोहि भन्नुहुन्छ नाग रिसाएर हो रे १ कोहि भन्नुहुन्छ, जमिन नै कमजोरी भएर हो। नसोचेको ठाउँमा जमिन भासिएपछि धेरै मानिसका धेरै कुरा आउनु स्वभाबिक पनि हो। यस्तो छ चर्कीएको भुभाग स्तलगत रीपोर्ट हेर्नुहोस |