सन् २०२१ मा मिथुन राशिको बार्षिक राशिफल कस्तो रहला? – ज्योतिषः केशव गौतम

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

धेरै उतार चढाउको वर्ष रहने छ । स्वास्थ्यमा सुमधुरता, नोकरीमा सफलता, कार्यक्षोत्रमा उत्साह जनक रहने देखिन्छ । अप्रिल महिना भाग्योदयको महिना रहने छ । संयुक्त व्यवसाय गर्नेले विशेष सावधानी अपनाउने वर्ष रहेको छ । वृहस्पति र शनिका कारण अर्थिक क्षति, मनमा हानि, सोचेका कार्यमा अवरोध वौद्धिक कार्यमा सोचेजति सफलता प्राप्त गर्न निकै कष्ट गर्नुपर्ने देखिन्छ । अर्थिक चुनौति थपिने छ ।

त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |