कला: राजाको लागि ईटहरीमा श्रीपेच बन्दै, करिव ५ लाख खर्च लाग्ने (भिडियो सहित)

ईटहरी / पछिल्लो समय राजा आउ देश बचाउ भन्दै राजा फर्काउनलाई आवाज गुन्जिन थालेको छ । फेरि राजतन्त्र आउला नआउला केही टुङ्गो छैन तर, राजाका लागी गतिबिधीहरु भने हुन थालेको छ । यस्तैमा सुनसरीको ईटहरीमा राजाको लागि श्रीपेच बन्दै गरेको खबर हामिले पायौ । राजतन्त्रलाई हौसला दिन भन्दा पनि यो एक कला भएका कारण हामिले यसलाई क्यामेरामा कैद गर्यौ ।

ईटहरीमा सुनचाँदी ब्यवसाय संचालन गर्दै आएका कर्ण विश्वकर्मा सेन्चुरीले यो श्रीपेच बनाउदैछन । राजा फर्किन्छ र उनले लगाउने श्रीपेच भन्दा पनि यो एक उपहार हो । सेन्चुरीले आफ्नो ब्यक्तिगत रुपमा उपहार दिनको लागि यो कार्य गरिरहेका हामिलाई बताए । राजतन्त्र बिस्थापित भएर गणतन्त्र सुरु भएदेखि नै राजालाई श्रीपेच बनाएर उपहार दिने उनको सोच थियो । हेर्नुस् उनी संग गरिएको कुराकानी ।

समय परिस्थितिले साथ यतिबेला दिएको कारण आफुले केही महिना अघिबाट यो कार्य सुरु गरेको बताए । लगभग १ लाखमा सकाउने योजना उनको रहेपनि नबनाउनु बनाउन सुरु गरेपछि राम्रै बनाएर दिने उद्देश्य सहित यसको लागत करिब ५ लाख पुग्ने कुरा हामीसंगको भिडियो कुराकानीमा भनेका छन् । आफुले प्रत्यक्ष रुपमा राजाको श्रीपेज नदेखेको तर उक्त श्रीपेज बनाइसक्दा ८० प्रतिशत सक्कलीको आकारमा बन्न सक्ने उनको भनाइ छ । आफुले कसैसंग उक्त श्रीपेज बनाउनको लागि कुनै रकम नलिएको समेत जानकारी गराए ।