प्रताप दासको ‘नौतले घर’ सार्वजनिक ( भिडियो )

काठमाडौं । गायिका तुलसा लिम्बुले आफ्नो नयाँ म्युजिक भिडियो ‘नौ तले घर’ सार्वजनिक गरेकी छिन्।

यस गीतमा उनलाई गायक प्रताप दासले स्वरमा साथ दिएका छन्। डान्सिङ शैलीको यस गीतमा शब्द डिपी खनालको शब्द रहेको छ भने तारा प्रकाश लिम्बुले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा कार्टुन क्रिउ समुहका सरोज र आश्मा बिश्वकर्माको साथमा गम्भीर बिस्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गम्भीर बिस्टको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। केन्द्र मोशन पिक्चर्सको आधिकारकि युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

गायन र अभिनयलाई संगसंगै लिएर अगाढी बढिरहेकी गायिका लिम्बुले २०६८ सालमा लिम्बुवान आइडलमा टप १० मा परेपछि आफ्नो औपचारिक गायन यात्रा सुरु गरेकी हुन्। हालसम्म गायिका लिम्बुले ‘लाली गाजल’, ‘सम्झानाले’, ‘मौसम रंगिन’, ‘ हावा सरर’ लगायत दर्जन बढी गीत सार्वजनिक गरिसकेकी छिन्। यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका लिम्बुले सम्पुर्ण संगीत प्रेमीहरुलाई आग्रह गरेकी छिन्।