नेपालकी पहिलो मिस नेपाललाई घोडा सिकाउँदै राजेन्द्र खड्गी, श्रीमान् पनि फिल्म खेल्दै (हेर्नुस् भिडियो)

काठमाडौं– द्धन्द निर्देशक एवम् नेपाली फिल्मका चर्चित भिलेन राजेन्द्र खड्गीले ‘रजतपट’मा प्रकाश सुवेदीसँग दिएको अन्तर्वाताले सामाजिक संजालमा खुब चर्चा पायो । ट्रोलदेखि टिकटकसम्म बने ।

टिकटक बनाउनेको भिडमा एक पात्र थिइन्, नेपालकी पहिलो मिस नेपाल रुबी राणा । टिकटक बनाएको भोलिपल्ट रुबीको नयाँ नम्बरबाट फोन आयो । कसैले भन्यो– म राजेन्द्र खड्गी ।

नाम सुन्नासाथ रुबीको सातो गयो । लाग्यो, अब दाइले गाली गर्नुहुन्छ । तर, त्यस्तो भएन । खड्गीले उल्टै रुबीलाई आफ्नो म्यूजिकल फिल्म ‘चिक्वा चाको पैसा खान गाह्रो’ मा सिआइबीमा कार्यरत महिला प्रहरी अधिकारीको भूमिका अफर गर्न पनि फोन गरेका रहेछन् ।

टिकटक गरेवापत फिल्म उपहार पाएकी रुबी शनिबार खड्गीसँग काठमाडौं, गोकर्णेश्वरस्थित हर्स स्टेबलमा घोडा दौडाइरहेको भेटिइन् ।

घोडा सिक्ने क्रममा के–के भयो ? खड्गीले रुबीलाई किन र कसरी घोडा सिकाए ?

बाँकी हेर्नुस् भिडियोमा रमाइलो दृश्यसहित कुराकानी |