बोक्सीको आरोपमा वृद्ध कोपालाई मान्छेको दिशा खुवाएर कुटपिट,चिबे र गाउलेले यस्तोसम्म गरे (भिडियो सहित)

नेपाली हास्य टेलीश्रीन्खला हास्नु हुन्न है सधै झै आज पनि सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभीबाट आइसकेको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चा परिचर्चा कमाउन सफल भइसकेको छ । यस सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन साथै हरेक हप्ता समाजमा केही न केही शिक्षा प्रदान गर्दै आएको छ । हरेक हप्ता फरक कथाबस्तुम प्रस्तुत गरिरहेको छ ।

निर्देसक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथामा आधारित निर्माण भैरहेको यश सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ। कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, पदम कोइराला, सन्तोष किराँती , सिताराम लिम्बू, कुमार राई, योवन गुरुङ , दिनेश बस्नेत र अन्य धेरै कलाकारहरूको पनि प्रस्तुति रहेको छ। निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बु भन्छन आफुले कलाकारिता गर्ने क्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न एउटा सानो स्थान प्राप्त गर्नलाइ धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए ।

त्यसैगरि बुडेसकालमा २१ बर्षकि श्रीमती बिबाह गर्ने भाइरल बाजे सिंहबहादुर लिम्बू र पुजा लिम्बुको पनि बिशेष अभिनय रहेको छ। अबको हरेक भागहरुमा भाइरल बाजे र बोजुको पनि अभिनय देखिरहन पाउनुहुनेछ । आजको भागमा बिशेषगरि ग्रामिण भेगमा चल्दै आएको कुरितीको बिषयमा समाजमा निकै राम्रो संदेश जाने कथामा मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ । बोक्सीको आरोपमा गरिब र असाहायलाई कसरी हेपिन्छ भन्नेबारे देखाइएको छ । कोपालाई चिबे र गाउले मिलेर बोक्सो भन्दै कुटपिट अनि मान्छेको दिशा समेत खुवाएर यस्तोसम्म गरेका छन कि हेर्दा तपाइँको हास्दाहास्दै अन्त्यमा आँसु खस्नेछ । तलको भिडियोमा हेर्नुहोला ।