राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा डा. खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौँ : डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई बुधबार अमेरिकाको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।

‘नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ’ सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।