नेपाल प्रवेशमा रोक बेलायतबाट आउने यात्रुलाई

काठमाडौँ । बेलायतमा नयाँ स्वरूपमा कोरोना फैलिएसँगै सरकारले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

आज बसेको कोभिड नियन्त्रण सम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ ।

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै उडानमा रोक लगाउन निर्देशन दिएको जनाएको छ । यो निर्णय भोलि राति १२ वजे बाट अर्को सूचना जारी नभएसम्म कायमै रहने प्राधिकरणले उल्लेख गरेको छ ।