महिलामा यी हुन्हु नुपर्ने ३२ गुण !

काठमाडौँ : हिन्दू धर्म अनुसार कुनै युवतीलाई ३२ गुणले युक्त भएको मानिनु भनेको ऊ पूर्ण रुपमा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । सामाजिक रुपमा पनि ३२ गुणले युक्त भएको या नभएको भन्दै युवतीको तुलना गर्ने चलन छ ।

विवाहका बेला वर र वधुको चिना मिलाउँदा पनि युवतीको गुणलाई महत्त्व दिइएको पाइन्छ । ३२ गुणले युक्त भएकी नारीलाई सर्वश्रेष्ठ मानिन्छ । हिन्दू शास्त्रले कस्ता युवतीलाई ३२ गुणले युक्त भनेको छ त ? आऊनुस् यसबारेमा जानौंः

यी हुन् महिलामा खोजिने ३२ गुणः

१) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु । २) हातका औँला लामा–लामा हुनु । ३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु । ४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु । ५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।

६) हरिणका जस्ता फिला हुनु । ७) गुप्ताङगहरु गुप्त रहनु । ८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु । ९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु । १०) काँध पुष्ट, चौडा र गोलो हुनु ।

११) पाखुरा राम्ररी फर्कने हुनु । १२) पाखुरा लामा हुनु । १३) सम्पुर्ण शरीर तेजोमय हुनु । १४) शंख समान घाँटी हुनु । १५) सोझो र सिंहको जस्तो चिउँडो हुनु । १६) ३२ वटा दाँत हुनु । १७) चम्किला र टमक्क जोडिएका दाँत हुनु । १८) समान मिलेका दाँत हुनु ।

१९) बङ्गारा स्वच्छ र सुन्दर हुनु । २०) जिब्रो लामो हुनु । २१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु । २२) पातलो (सुरिलो) स्वर हुनु । २३) विभिन्न विषयमा ज्ञानको चासो राख्न खोज्नु । २४) कुरा (बाचा)मा अडिक रहनु । २५) आँखीभौँका बीच रौँका कोमल र सूक्ष्म रेखा हुनु ।

२६) मिलेको कपाल हुनु । २७) अल्छी नहुनु । २८) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु । २९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु । ३०) चमक्क चम्किने केश हुनु । ३१) स्वभाव लज्जालु हुनु । ३२) दुढ आत्मविश्वास हुनु ।