दुई अध्यक्षले बोलाए छुट्टाछुट्टै बैठक, आज फुट्न सक्छ नेकपा ? हेर्नुहोस पुस ७ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूह एकै ठाउँमा बस्नसमेत सकेका छैनन् । दुबै समूहले सोमबार आ-आफ्नो पक्षका संघीय सांसदहरुको भेला गरेका छन् । र, यसैको सिलसिला अन्तरगत मंगलबार समानान्तर केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

प्रचण्ड-माधव नेपाल समूहले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंङ्क्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकले केपी ओलीलाई अनुशासनको कारवाही गर्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले विहान ९ बजे पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेका छन्।ओलीले सम्भवत केन्द्रीय कमिटीबाट केही नेताहरुलाई कारबाही गर्ने निर्णय गर्न सक्नेछन् ।

नेताहरुका अनुसार मंगलबार दुबै पक्षको केन्द्रीय कमिटीले फुटलाई औपचारिकता दिनेछन् । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद फुटतर्फ उन्मुख भएको हो । नेताहरुका अनुसार कुनै उथलपुथल नभए भोलि ओली र प्रचण्ड-माधवकुमार नेपाल पक्षले एकअर्कालाई कारबाही गरेर पार्टी विभाजनलाई औपचारिकता दिने सम्भावना छ । हेर्नुहोस पुस ७ गतेका मुख्य समाचारहरु :