आजको राशिफल बि.सं. २०७७ साल पुष ७ गते मंगलबार – पाथिभारा माताले सबैको कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल पुष ७ गते ंमंगलबार ई. सं. २०२० डिसेम्वर २२ नेपाल सम्बत ११४१ थिंलाथ्व अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल अष्टमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र १ः.५० सम्म त्यसपछि रेवती नक्षत्र, व्यतिपात योग १२ः२१ सम्म त्यसपछि वरियन योग, बव करण ६ः३१ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः५१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ ।

आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४५ मिनेट देखि १ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बाह्रौं भावक चन्द्रमाका कारण अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनु पर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । टाढाको यात्रा गर्ने अवसर त प्राप्त हुनेछ, धनमाल हराउने र झमेला आउने सम्भावना पनि छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – राशिस्वामी अस्त रहेकाले मौकालाई चिन्नु आवश्यक छ, यद्यपि समय उत्साहवद्र्धक नै रहेको देखिन्छ । राज्यस्थानमा बलियो चन्द्रमाको उपस्थिति भएकाले ठूलाबडाको सहयोग प्राप्त हुनेछ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । परिवारजनमा आत्मीयता बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – कर्मक्षेत्रमा रहेको चन्द्रमाको प्रभावले रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी कार्य सम्पादन गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)– आफ्नै राशिमा नीच मंगल र शुक्र ग्रहको युतिसम्बन्ध देखिन्छ, मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । भाग्यको चन्द्रमा कमजोर छ, व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, यद्यपि नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ, तर कुनै किसिमको नेतृत्व वहन नगरेको जाति हुन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट चाहिं प्रतिष्ठा मिल्न सक्छ । अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – अष्टम भावमा रहेको चन्द्रमा तथा द्वादश भावको राशिस्वामी सूर्यको प्रभावले नकारात्मक ऊर्जा वहन गर्ने समय छ । काम बिग्रने भयले सताउला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन। गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)– सातौं भावमा रहेको चन्द्रमाका कारण मन कल्पना र भावनामा रुमल्लिने दिन छ, यद्यपि हाँके ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । परिवारजनको साथले उत्साहित भइनेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– यात्राको योग छ, यात्राबाट विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । रोग र झमेलाको फलादेश गरिने छैटौं भावमा चन्द्रमा छ, अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । प्रतिस्पर्धीले प्रयास गरेपनि सफल हुने छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज पठनपाठन र ज्ञानका क्षेत्रमा तल्लीनता दिने समय हो, तर राशिस्वामी नीच गृहमा रहेकाले शरीरमा ऊर्जाको कमी हुने समय छ । त्यसैले लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ । उपहार वा पुरस्कारको पर्खाइमा हुनुहुन्छ भने निराशा हात पर्नेछ । आफ्नै बाध्यताले सहयोगीहरूले साथ दिन सक्दैन । खेलवाडमा रुचि जाग्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –चतुर्थ भावमा रहेको चन्द्रमाको प्रभावले अरूको फाइदाका लागि खट्नु पर्ने दिन छ, त्यस्तै व्यक्तिगत उन्नति र प्रगतिका लागि परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन । पारिवारिक भेटघाटको समय छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने छ । आत्मीयजनसँग भेटघाट होला । सजावट सम्बन्धी काममा आकर्षित भइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन र दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । इष्टमित्र र सहयोगीहरूको साथ पाइने छ । पराक्रम भावमा बलियो चन्द्रमा रहेकाले आफ्नो आत्मबल र निर्णयमा गरिएका कामबाट फाइदा लिन सकिने छ । छात्रछात्राले परीक्षाप्रतियोगितामा विजय हासिल गर्नेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)– मुखमा क्षुद्रताको निवास छ, विवाद र झैझगडामा पछि हट्नु राम्रो हुने छ । प्रेम र मित्रताका लागि उचित भूमिका निर्वाह गर्न नसक्नाले तीतोपन बढ्ने सम्भावना छ । सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ । धैर्यताका साथमा प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन पनि हो । मनमा आलस्य र अल्छीपनको निवास हुनाले अवसरले पछ्याउँदा पनि तिनलाई उपयोग गर्न सकिंदैन । मनपर्ने भौतिक साधन जोड्न मन लालायित हुनेछ, तर धनको अभाव खट्किने छ । धनको चन्द्रमा कमजोर भएकाले जिद्दीपन र घमण्ड त्याग्नु राम्रो हुन्छ, नत्र हठ गर्ने बानीले दुःख पाइएला । मानसम्मान र प्रतिष्ठामा आघात पुग्नसक्छ, सचेत हुनुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन । उचित काममा सही निर्णय लिन सकिने छ । शुभचिन्तकहरूले आफ्ना कमीरकमजोरी औंल्याएर सुध्रने मौका प्रदान गर्नेछन । स्वास्थ्य सबल रहने छ । तर खानपानमा सचेत रहनुहोला । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । हौसला र हिम्मतका साथमा काम गर्ने दिन छ । छात्रछात्राले हरेक क्रियाकलापमा राम्रो नतिजा हात पार्ने समय देखिन्छ ।