जन्मदिनमा डा विष्णु माया परियारद्वारा आफू पढेको बिद्यालयका बिद्यार्थीहरुलाई पोशाक वितरण

विजय थापा ,डिसी महानगर क्षेत्र । हाल अमेरिकाको न्यूजर्सी राज्यमा बस्दै आएकी सामाजिक अभियन्ता डा विष्णु माया परियारले आफ्नो जन्म दिनको अवसरमा आफू पढेको बिद्यालयका बिद्यार्थीहरुलाई पोशाक वितरण गरेकी छिन ।

पोशाक वितरण गरे पछि उक्त बिद्यालयका प्रधान अध्यापक बिएन श्रेष्ठले सामाजिक अभियन्ता परियारलाई धन्यबाद दिएका छन । उक्त समारोहमा १ सय ५० जना दलित, विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

२०७७ साल पौष ५ का दिन उक्त कार्यक्रमको आयोजना गरिएको हो भने डा परियारकी आमा कन माया परियारद्वारा पोशाक वितरण गरिएको हो ।

डा परियारको जन्मोत्सवको अवसरमा गोर्खाको शहिद लखन गॉंउपालिका वडा नं. ४, कोटगॉंउ स्थित श्री सिंजाली माध्यमिक विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई बिद्यालय पोशाक वितरण कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त बिद्यालयमा डा परियार ७ कक्षा सम्म अध्ययन गरेकी थिइन् भने उनि कक्षाकी प्रथम बिधार्थी समेत रहेकी थिइन् । उक्त समयमा परियारका बुवा लुगा पनि सिलाउने भएकोले बिद्यालयका बिधार्थीहरुका पोशाक सिलाउन ल्याएका कपडाका अतिरिक्त भएका टुक्राटुक्रीलाई जोडेर आफ्नी छोरी बिष्णुलाई पोशाक बनाई दिने गरेको उनले स्मरण गरिन र बताइन ।

आफू अभावको परिथितिमा गुज्रिएकोले यस्तो अवस्थामा अरु कसैले पनि सामना गर्नु नपरोस भनि आफ्नो जन्म दिनमा पोशाक वितरण गर्न पाउदा हर्षको आँशु आएको बताईन ।

उनि डा परियार एडवनकी संस्थापक अध्यक्ष पनि हुन भने एड्वनले उक्त जिल्लामा २० औ हजार बिधार्थीहरुलाई यस्ता सहयोग गर्दै आएको छ । यति मात्र हैन महा बिद्यालय स्तरमा पनि एड्वनले थुप्रै कार्यक्रमहरु निरन्तर गरि रहेको छ ।

साथै उनि न्यूजर्सीको जर्सी शहरकी नगर प्रमुखकि सल्लाहकार पनि हुन् । उनि महिला सामाजिक कार्यकर्ता ,अन्याय र अत्यचार विरुद्ध ,विभेद र आवाज विहिनहरुको आवाजलाई वकालत गर्दै सयुक्त राष्ट्र संघ सम्म आवाज पुर्याउने एक सशक्त महिला अधिकारकर्मी हुन् ।