पुष महिनामा कसको उपासना गर्ने ? – ज्योतिषः केशव गौतम

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

हाम्रो वैदिक सनातन धर्मको मूल आधार वेद हो । व्याकरण शास्त्रका अनुसार वेद शब्द विद् धातुबाट बन्दछ । विद् धातु सत्ता, विचारण, लाभ र ज्ञान अलग अलग अर्थमा रहेको छ । तथापि समग्रमा यी धातुको अर्थको अर्थलाई केलाएर हेर्दा धर्म, अर्थ, काम, मोक्ष चतुर्विध पुरुषार्थ प्राप्तिसँग सम्बन्ध देखिन्छ ।

यसरी हेर्दा वेद ज्ञान हो, ज्ञानको साधन हो, मानवमात्रलाई मानवीय कर्ममा लगाउने कानुनजस्तो पनि हो, जिउनका लागि आवश्यक शिक्षा हो, मर्न सिकाउने मास्टर पनि हो । मोक्षमार्गको सिँढी पनि वेद हो । वेदका मन्त्रको कर्मकाण्डीय प्रयोग पवित्र आचरणले युक्त ब्राह्मणहरूले मात्र गर्नसक्ने भएपनि यसको आचरण तथा ज्ञानपक्ष सम्पूर्णका लागि हो ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |