स्कटल्याण्ड का सफल रेस्टुरेन्ट ब्यवसायी काशिराम भण्डारीले ५ लाख पाउण्ड लगानी गरेर होटेल सन्चालन गर्दै !

स्कटनेपाल,

गुल्मी हंसरा १ रंगेवा स्थायी घर भएका भण्डारी हाल बेलायतलाई कर्मभुमी बनाईरहेका छन् र स्कटल्याण्डको पर्थ सिटी सेन्टरमा रहेको होटेल सन्चालनमा ल्याउन लागेका जानकारी स्थानिय पत्रीका द कुरियरले जनाएको छ ।

सफल रेस्टुरेन्ट ब्यवसायी काशिराम भण्डारीले ५ लाख पाउण्डमा लगानी गरेर होटेल सन्चालन गर्न लागेको स्थानिय पत्रीकाले जनाएको छ ।

गत बर्ष सेप्टेम्बरमा एकाएक बन्द भएको ग्राम्पियन होटल भण्डारीले नयाँ साज सज्जाका साथ आगामी जनवरीको मध्य तिर सन्चालनमा ल्याउन लागेका हुन् ।

कुनै समय स्कटल्याण्डमा ११ वटा सम्म रेस्टुरेन्ट सन्चालन गरेका भण्डारीले बिस्तारै रेस्टुरेन्टहरुको संख्या घटाऊँदै होटेल ब्यवसाय तर्फ आकर्षित भएको बताउँछन् । हाल कोडेन्बेथको सिम्ला प्यालेस लगायत रेस्टुरेन्ट सन्चालन गरिरहेका ब्यवसायी भण्डारीले सन्चालनमा ल्याउन लागेको होटेलमा बार, रेस्टुरेन्ट र २ सय देखी २५० जना सम्म अट्ने पार्टिहल पनि रहनेछ ।

त्यस्तै भण्डारीले १० बेडरुमको अर्को होटल स्कटल्याण्ड किरकल्डीमा पनि छिट्टै खोल्न लागेको लण्डनबाट सन्चालित अन्लाईन नेपाली लिन्क्सले जनाएको छ । फ्रि-होल्ड प्रोपर्टी लिएर बनाइएको उक्त होटलमा ६० सिटिङको रेष्टरेन्ट र पब समेत रहनेछ ।

सन् २००४ मा बेलायत पुगेका भण्डारील भारत, दुबई र स्कटल्याण्डका हस्पिटालिटी क्षेत्रमा झन्डै ३८ बर्ष बिताईसकेका छन् ।