विनोद रोक्काको धागो चर्खाको सार्वजनिक

काठमाडौं ३ पौष । गायक बिनोद रोक्काको शब्द, संगीतमा तयार पारीएको धागो चर्खाको बोलको गीत सार्वजनीक भएको छ । भिडियोको छायांकन गोरखा स्थित पुतली बगैंचा लगायतका बिभिन्न रमणीय स्थानहरुमा गरिएको छ । गोरखाको सुन्दर दृश्यहरु कैद गरिएको ‘धागो चर्खाको मायाँ लाउ भने पर्यो अर्काको..’मा गायक रोक्कालाई लोकदोहरीकी चर्चित गायिका देविघर्ती मगरले स्वरमा साथ दिएकी छन ।

भिडियोमा रबिन बस्याल, प्रकृति नगरकोटी, संगीता वनमाली, उज्ज्वल कार्की, सुनिल महर्जन आदि कलाकार रहेका छन् भने परिकल्पना राजकुमार महर्जन, छायांकन नरेश शाही, रेकर्डिष्ट दिपक रमण, एरेञ्जर सञ्जय हमाल, निर्देशन मिना लामाको रहेको छ । ह्वाइट पिजर मिडियाको प्रस्तुति रहेको यस भिडियोलाई डब्लु.पि. इन्टरटेन्टमेन्टबाट सार्बजनिक गरिएको छ ।