मौरी’सँग लुका’मारी गर्दै दिपेन्द्र (भिडियो’सहित)

उर्लाबारी । मोरङको उर्लाबारी–४ का दिपेन्द्र थापा यतिबेला मौरीसँग लुकामारी गर्दै गरेको अव’स्थामा भेटिन्छन् । थापालाई तोरी फुलेको मौका छोपी मह काढ्ने चटारो छ । यो समय मह उत्पा’दनको उचित समय मानिन्छ । उर्लाबारीका अग्रणी माहुरीपालक कृषकका रुपमा गनिएका थापाको मौरी मोह लोभलाग्दो छ । थापाले ८ वर्ष पहि’लेदेखि मौरी पालन गर्दै आइरहेका छन् । प्रारम्भमा उनलाई मौरी पाल’नवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन ।

मौरी पालन गरे घरमै मात्र प्रयोग हुन्छ भन्ने कुरामा विश्वास गर्ने दिपे’न्द्रको आजभोली भने धेरै परिर्वतन आएको छ । मौरी पालन सुरु गरेसँगै घरमा मह किन्न विस्तारै विस्तारै मानिसहरू आउन थालेपछि उनले अहिले व्यवसायिक रूपमै मौरी पालन गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

अहिले उनले मौरी पालनबाटै घर व्यवहार चलाउनुका साथै वार्षिक राम्रै गरी रकम बचत गर्ने समेत गरेका छन् । ‘मैले अहिले वार्षिक करिव ७ लाख मौरी पालनबाटै कमाउँछु,’ थापाले भने ‘महको माग बढ्दै गएको हुनाले घारहरु पनि थप्दै गएको छु ।’ उनले फुर्सदको केही समय मात्र मौरीलाई समय दिए पुग्ने बताए ।

उर्लाबारी बहुमुखी क्याम्प’समा स्नात’कसम्म अध्ययन गरेका थापाको अहिले १ सय वटा आधुनिक घारमा मौरीहरू रहेका छन् । थापाले पालन गरेको व्यवसायिक मौरी पालन देखरे उर्लाबारीमा मौरी पालन गर्नेहरूको संख्या समेत बढिरहेको छ । उर्लाबारीमा दर्जन बढीले मौरी पालन गर्दै आएका छन् ।

उर्लाबारीमा मौरी पालन गर्ने किसान’हरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । ‘प्रकृतिमा खेर गइरहेको पुष्पको प्रयोगले मौरी पालन गर्न सकिन्छ’, मौरीपालक दिपेन्द्रले भने ‘राम्रो परागसेचन भयो भने बालीनाली पनि सप्रँदा रैछन् ।’ उनले आजभोलि गाउँ ठाउँमा डुल्दा घुम्दा सम्भावित ठाउँमा मौरी पालनका लागि अनुरोध गर्ने गरेको समेत बताए । उनले मौरीको गोलामा पस्ने मैन पुतली पसे नपसेको बारेमा हेक्का राख्यो भने मौरी पालनमा अरू अप्ठ्यारो नहुने बताए ।

मैन पुतली मौरीको घारमा पस्यो भने त्यसले मौरी भाग्ने वातावरण बनाउँछ । मोरङ जिल्लामा मौरी पालन किसानहरुले उत्पादन गरेको मह ८ सय देखि १ हजार रुपैया प्रति किलोमा बिक्री हुँदै आएको छ ।