Ex को छम्मा २ पनि आउन सक्ने ! गीतहरु’को रेकर्डि’ङमा ब्यस्त गायिका सिर्जना खत्री हाउडे माया । (भिडियो सहित )

नौटंकी माया , डबल माया र पछील्लो चोटि Ex को छम्मा गीतबाट चर्चित सिर्जना खत्री ‘हाउडे माया’ नयाँ गीतहरु’को रेकर्डिङमा ब्यस्त छिन । बालक देखी बुढासम्म हरेकको मुखमा झुन्डिन सफल , टिकटकमा पनि भाईरल गीतकी गायिका सिर्जना खत्री ‘हाउडे माया ‘लाई अहिले नयाँ गीतह’रुको अफर पनि धेरै नै आइरहेको छ । पहिला नै नौटन्की माया र डबल मायाजस्तो हिट गीत दिइसकेकी सिर्जनालाई धेरैले भने Ex को छम्मा गीतबाट चिने ।

लकडाउनमा बनाइ’एको गीत सुरुमा एरेन्जमा दिंदा र रेकर्ड गर्दा नै सिर्जनालाई अलि अप्ठेरो लागिरहेको थियो । भिडियो बनिसकेपछी भने केही आशा पलायो । गीत Youtube मा अपलोड भएको केही दिन भ्यू राम्रो गएन , प्रतिकृयाहरु पनि मिस्रित आए । गीत सार्वजनिक भएको ४-५ दिनपछी भने गीत Trending मा जान पनि सफल भयो , एक्कासी भ्यू पनि राम्रो गयो र बिस्तारै टिकटक लगायत सबैतिर भाईरल नै भयो । अत्याधिक ट्रोलहरु पनि बने ।

पुन्य गौतम लगायतका केही ब्यक्तिहरुले सुरुवाती दिनमा आलोचना पनि गरे , पछी त्यही ब्यक्तिहरुले गीत र गायिकालाई सपोर्ट पनि गरे । गीतलाई लिएर आएका केही नका’रात्मक कमेन्टहरुले एक समय गीत डिलिट गर्ने मनसायमा समेत गायिका सिर्जना पुगिसकेकी थिइन । गीतले पाएको सफलता देख्दा यदी अहिले बिभिन्न महोत्सव र कार्यक्रम हुन्थ्यो भने सिर्जनालाई भ्याइनभ्याइ हुन्थ्यो । हुन त सिर्जनाले बिगतमा लोकदोहोरी , तीजका गीतहरुमा पनि स्वर दिइसकेकी छिन तर उनलाई बढी दर्शकले चाँही र्याप गायिका भनेर चिने ।

र्यापलाई बुझेर र पूर्णतया र्याप शैलिमा भने आफुले नगाएको सिर्जना बताउछिन । अलि सिकेर र बुझेर गाएको भए गीत अझ राम्रो हुन सक्ने उनको धारणा छ । मिस्टर RJ सँगको सहकार्य उनलाई सजिलो लाग्छ अनि फापेको पनि छ । सुरुमा सुनाउँदा Ex को छम्मा गीत भने RJ लाई मन परेको थिएन पछी कुरा मिल्यो र यस गीतमा पनि सहकार्य भयो । धेरैले यो गीतको दोस्रो भाग पनि खोजिरहेका छन ।

भोलिका दिनमा यो गीतको दोस्रो भाग पनि आउन’सक्ने सिर्जना बताउँछिन । सिर्जना आफ्नै पनि प्रोजेक्ट र बाहिरका केही प्रोजेक्टहरुका साथ छिट्टैनै आउने तयारीमा छिन । उनै सिर्जना खत्री ‘हाउडे माया’ सँग गीत रेकर्डिङको बिचमा गरिएको छोटो मिठो कुराकानी । (भिडियो सहित )