ब्यङग्य कविता: नुनिलाे चिनी

उखु है पेलि ,मेशिन भित्र ,बन्दथ्याे त्याे पहिले
किसानै समेत, पेलेर कठै बनेछ यि अहिले!

त्यस्ताे है खालकाे ,चिनी है अाज, बजार है भरि
दुनिया खान्छन् ब्यापारी बेच्छन गरेर मनपरि!

ऋण है गरि, लगा छ उखु न त केहि उ पा छ
बेचेकाे उखु , माग्नमा पैसा झन अर्काे ऋण ला छ!

मिलैमा बेच्न ,लैजान्छन बरा, जान्न है त्याे किन्न
बनाइ चिनि ,बेच्दछ सबै उखुकाे माेल दिन्न!

पाउन्न किसान, बेचेर पैसाे लगाइ त्याे बाली
के गरि मान्ने नगदे बाली उधाराे छ खाली!

कस्ताे पाे हुँदाे हाे देख्दामा तिन्लाइ बजारमा त्याे चिनी
उधाराे दिन्नन् छैन नि पैसा खानलाई त्याे किनि!

श्रापै पाे दिए कि, किसानले कतै नपाऊँदा त्यसको भाेग
त्यसैले हाे कि, चिनी है खाँदा लागेकाे सुगर राेग!

गाँउ र प्रदेश, सरकार अाज ,छ नि त जहाँ तहिँ
मनमा पीर छ, राजस्व तिर्छ न्याय चाँहि पाउन्न कँहि !

मधेशका लागि, लड्दै छाै भन्ने उनैका ति नेता
म देशका लागि, भएनन् कहिल्यै हेरेनन् खै त्यता !

उखुकै सरि, जिवनकाे त्यहाँ छैन है त्याे मुल्य
दाउरा सरि, भट्टिमा जले , जिवन अमूल्य!

कृषि है प्रधान, देशमा हरे ,किसान राेएकाे
गुलियाे मानि, खाँदा त्याे चिनी, छैन मन छाेएकाे?

बसेर खाँदा ,सरकारमा अाज, उखुकाे त्याे चिनी
गुलियाे छ कि, नुनिलाे कतै अाँशुकाे स्वाद दिनि ?

न्याय है खाेज्दै, राजधानी अाँउदा बाध्य भै त्याे अाज
खुट्टा नि दुखि ,गला नि सुकि ,ढलेकाे त्यहि माँझ

नातागत ठानि ,पिँउन है दिँदा, चिनीकाे त्याे पानी
पुलुक्क हेर्यो इन्कार गर्याे अाँशु कै झाेल ठानि!

-अर्जुनराज पन्त ,बाग्लुङ मुलपानी
(ब्यङग्य कवि पहिलाे ब्यङग्यकाब्यकार समेत हुन उनकाे ‘काेइली ‘ब्यङग्यकाब्य बजारमा उपलब्ध छ)