हाम्रो शरीरको सजावट फरक भएपनि, भित्रि अंगको बनावट सबैको एउटै हो !

स्कटनेपाल,
बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार, समाजसेवी जानकी पन्त बेला बेला मा मन मोहक संदेश मुलक जानकारी हरु सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु हुन्छ । त्यस्तै यस पटक उहाको फेसबुक स्टाटस जस्ता को तस्तै तपाई माझ हामीले पस्किदै छौ पक्कै पनि आफ्नो प्रतिक्रिया दिनु होला ।

पन्त लेख्नु हुन्छ :

हाम्रो घरका छत हरु फरक भए पनि हामीले ओड्ने अकाश सबैको एउटै हो! हामी बस्ने घर हरु फरक भएपनि, हामी रमाउने संसार सबैको एउटै हो! हाम्रा मन हरु फरक भएपनि, हामीले टेक्ने र जीउने धर्ती सबैको एउटै हो!

हाम्रो शरीरको सजावट फरक भएपनि, भित्रि अंगको बनावट सबैको एउटै हो ! हाम्रो बाहिरि रुपरंगमा भेदभाव भए पनि, भित्रि रगत को रंग सबैको एउटै हो! हाम्रा सासहरु दोहरियेर फेरिए पनि सासको श्रोत सबैको एउटै हो! हामीले पिउने पानीका मूल हरु फरक भए पनि, पानीको स्वाद र प्यास सबैको एउटै हो!

हामीले खाने भोजन हरु फरक भएपनि भोक सबैको एउटै हो! हामिले हेर्ने आखा हरु फरक भएपनि आँखा बाट झर्ने आसु सबैको एउटै हो! हामिले व्यक्त गर्ने भाषा हरु फरक भएपनि हाम्रो पिडा र खुशी को भाव सबैको एउटै हो!

हाम्रो आत्माको बस्ने बासहरु फरक भए पनि भित्रको परमात्मा स्वरूप सबैको एउटै हो! हाम्रो धर्म र सस्कृति फरक भएपनि संसारको मालिक सबैको एउटै हो! अन्तमा हामी जहाँकहिँ रहेपनी, मरेर जाने ठाउँ सबैको एउटै हो!

धन्यबाद, सबैमा शुभ दिनको कामना ।