३ वर्षपछि जाग्यो काँग्रेस, ओली सर’कारबाट देशलाई मुक्ति दिला’उने उद्घो’ष, हेर्नुहोस मंसिर ३० गतेका मुख्य समा’चारहरु

प्रमुख प्र’तिपक्षी नेपाली कांग्रेसलाई जगाएको छ । सरकार’विरुद्ध देशभर भएको प्रदर्शनले तीन वर्षयता लगभग निराशजस्तै देखिएका कांग्रेस कार्यकर्ताहरु सोमबारको देशव्यापी प्रदर्शनबाट एकाएक उत्साही बनेका छन् । सरका’रविरुद्ध कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ ।

देशभरका प्रदर्श’नमा उल्लेख्य सहभागिता देखिएको कांग्रेस नेताह’रुले बताएका छन् । पार्टीका केन्द्रीय नेताहरुले नै जिल्ला-जिल्लामा पुगेर विरोध प्रदर्शनको अगुवाइ गरेका थिए । काठमाडौंको शान्ति बाटिकामा भएको विरोध प्रदर्शनमा झण्डै ७/८ हजारको सहभागिता रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेसको प्रदर्शनमा उल्लेख्य सहभा’गिता देखिएको निश्कर्ष सुरक्षा निकायले पनि निकालेको छ । देभरका प्रदर्श’नमा करिब ९२ हजारको सहभागिता रहेको सुरक्षा निकायले गरेको रिपोर्टिङमा उल्लेख छ । ओली सरकारको पक्षपातपूर्ण एवं सर्वसत्तावादी प्रवृत्ति, कोभिड-१९ नियन्त्रणमा देखिएको उदासीनता र भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरिएको कांग्रेस नेताहरुले बताएका छन् । हेर्नुहोस मंसिर ३० गतेका मुख्य समाचारहरु :