इन्द्रेणीको भाइरल रबिना बसेलको पहिलो गीत’धोबी बगर’ २४ घण्टा न बित्दै युटुबको ट्रेनिङमा

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेका चर्चित गायक तथा सर्जक खेम सेन्चुरीले लय गरेको र आधा दर्जन कलाकारले आवाज दिएको बहुप्रतिक्षित गीत ‘धोबी बगर’बजारमा आएको छ।इन्द्रेणीबाट भाइरल भएकी बाल गायिका रबिना बसेल,आयुसा गौत्तम,कल्पना दाहाल,अमृत सापकोटा ,खेम सेन्चुरी र ओम सेन्चुरीले आवाज दिएको उक्त गीतमा नेत्र अर्यालको शब्द रहेको छ।

खेम सेन्चुरी संगै आयुसा गौतम रबिना बसेल र गीता ढुंगानाले अभिनय गरेको उक्त गीतमा निर्देशन भने सुनिल छेत्रीले गरेका हुन्।शम्भु कुँवरको प्रस्तुति रहेको गीत शुभराम्भ डिजिटलले बजारमा ल्याएको हो।गीत छोटो समयमै युटुबको ट्रेनिङमा प्रबेस भएको छ भने गीतले लाखौ दर्शकको माया पाएको छ।गीतको सम्पादन भने बिकाश ज्ञावालीले गरेका हुन्। भिडियो हेरौ :