आँखा नदेखे पनि उदा’हरणीय नेत्रहिन राई दम्पत्ति, छोराछो’रीलाई डा’क्टर बनाउने चाहाना (भिडियो)

मोरङ । अपाङ्ग’ता भएकाहरूले पनि अवसर र सीप पाएको खण्डमा जे पनि गर्न सक्छन् भन्ने उदाह’रणका रूपमा लिन सकिन्छ,मोरङ उर्लाबारीका एक नेत्रहीन राई दम्पतीलाई । उर्लाबारी(२ का ३८ वर्षी’य राजकुमार राई र ४२ वर्षीया इन्दिरा राई सबला’ङ्गहरूलाई चुनौती दिँदै मुढा बुनेर उदाहरणीय व्यवसायी बनेका हुन् । प्लान नेपा’लको सहयोगमा नेत्रहीन संघ, मोरङले ता’लिम दिएपछि उनीहरूले व्यावसायिक रूपमा मु’ढा बनाउने काम गर्दै आएका छन् । आफन्तको जग्गामा बस्दै आए’का उनीहरू मासिक रूपमा ३० भन्दा बढी मुढा बनाएर स्थानी’य बजारमा आफै बेच्न पुग्छन् । मुढा बुनिरहेको अवस्थामा भेटिएका उनीहरूले यही पेसाबाट दुःखसुख खान पुगेको धारणा व्यक्त गरे ।

उनीहरूले मासिक रूपमा ५ हजार बराब’रका मुढा बेच्ने गरेका छन् । राजकुमार राईले भने—दुवै जनाले काम गर्ने हो भने त हप्तामा १२÷१३ वटा मुढा बनाउन सकिन्थ्यो तर के गर्नु एक जनालाई घरको काम गर्दै फुर्सद हुँदैन । राजकुमार राईले ८÷१० वर्षको उमेरसम्म आँखा देखे पनि पछि आँखा देख्न छोडेको बताए । उमेर बढ्दै जाँदा मेरा आँखाले काम गरेनन् । के गर्नु सम’यमै उपचार गरेको भए संसार देख्न पाइन्थ्यो कि ? उनले दुःख पोखे—२०५६ सालमा संखुवा’सभाको खाँद’बारीबाट मधेस झरियो । त्यतिबेला अस्प’तालमा देखाउँदा धेरै ढिलो भैसकेको रहेछ ।

इन्दिरा राईको व्यथा भने अर्कै छ । उनको १ वर्षकै उमेरमा आँखाको ज्योति गुमेको थियोे । राई दम्पतीको भेट ता’लिमको सिलसि’लामा भएको रहेछ ।