दुखै दुखले भरिएको मानिसको जीवनमा पानीको फोका सरि कहिलेकाही आउने सुख कुर्दा कुर्दै एक बर्ष बितेको पत्तै नपाइदो रहेछ ।

चर्चित गायिका मोडल तथा कलाकार कला लम्साल ज्यु आफ्नो सामाजिक संजाल मा बिशेष गरेर जन्म दिन अबशर मा आएको शुभकामना दिने सबै सबै दर्शक हरुलाई एक मन छुन संदेश छोड्नु भएको छ !

हार्दिक आभार !
मेरा जन्मदाता प्रति हार्दिक सम्मान । मलाई जन्मदिनको अवसरमा फेसबुक , म्यासेन्जर , फोन लगायत विभिन्न माध्यम बाट शुभकामना को साथ अथाह माया व्यक्त गर्नुहुने सम्पूर्ण शुभचिन्तक हरुमा हार्दिक आभार व्यक्त गर्दछु । जीवन अनुभवको महाशास्त्र हो भन्ने कुरा मैले राम्ररी बुझ्ने अवसर पाएको छु ।

दुखै दुखले भरिएको मानिसको जीवनमा पानीको फोका सरि कहिलेकाही आउने सुख कुर्दा कुर्दै एक बर्ष बितेको पत्तै नपाइदो रहेछ । हो त्यही एक बर्ष पाको भएको छु म आज । यतिन्जेल मैले थुप्रै समस्या संग जुध्ने अवसर पनि पाएको छु अनि केहि सम्झन लायक मिठा पलहरु पनि । मेरो जन्मदिनमा विभिन्न माध्यमबाट तपाइहरुले दिएका शुभकामनाहरु मेरा जीउने प्रेरणाका श्रोत बन्नेछन । म जतिन्जेल यो संसारमा बाँच्ने छु सबै जीवन समाजका लागि समर्पित गर्ने प्रण गर्दछु । तपाईहरुको माया र सद्भाव भित्र शिरिषको फुल नभएर लालिगुरास र बाह्र्मासेको फुलजस्तै फुलिरहन सदैब पाइरहु शुभकामना दिनुहुने सम्पूर्ण शुभचिन्तकहरु प्रती हार्दिक आभार !