बाख्रा पनि नअटाउने खोरमा यस्तो दर्दनाक अवस्थामा भेटिए वृद्ध बुवा, खुट्टा यस्तो भएपछी हरिबिजोग, गरिब भएपछी श्रीमतीले बच्चा बोकेर अर्कैसंग भागिन

गुल्मी । हामी प्राय बैदेशिक रोजगारमा के को लागि जान्छौ ? कमाउन, परिबार पाल्न र आफनो भबिष्य बनाउन हामी सबैले यहिनै सोचेर धेरै आश गरेर बिदेशतिर हानिएका हुन्छौ । हो आज हामी गाउमा रहेर यस्तै आश बोकेर बिदेश गएका एक बृध्द बुवाको बारेमा बताउदैछौ । उनी केही बर्ष अघि भारत गए रोजगारीको शिलशिलामा सानो परिबार लिएर तर त्यहा ठूलै दुर्घटनामा परे । जसबाट उनका खुट्टामा फलामको रड राख्नुपर्ने भयो ।

यस्तो भएपछि आम्दानी हुन छाड्यो उनी नेपाल फर्किए तर नेपाल फर्किए लगतै गरिब अवस्था भएपछि श्रीमती पनि बच्चा लिएर अर्कैस“ग टाप कसिन । दुख माथि दुख थपियो गाउमा फर्किदा न त घर थियो त्यसपछि उनी बाख्रा पनि अटन नसक्ने घरमा बस्न थाले एक्लै । यि बुवा हुन गुल्मी मालिका गाउपालिका सिमलटारी माथिको बस्तीमा रहेको गाउका रामु बिक जो अहिले यस्तो दर्दनाक अवस्थाबाट गुज्रीरहेका छन । धेरै आश बोकेर गएका यस्तो अवस्थामा फर्किदा जो कोहीको चित दुख्छ तर यिनको त चित दुखाउन पनि न त श्रीमती साथमा थिईन न त आमाबुवा, परिबार, इष्टमित्र । गाउ फर्किदा किन आएछु भनेर धेरै रोएपनि, हेर्नुस त यिनको यो चित्कार |